मंसिर ८,काठमाडौं । नेपाली बजारमा सुनको भाउ शुक्रबार घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको हो ।आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
यो दिन चाँदीको भाउ भने बढेको छ । यो दिन चाँदीको भाउ ५ रुपैयाँले बढेको हो। आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।