साउन १९, काठमाडौं । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षकी फुलकुमारी नेपालीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए।
बिहीबार बिहान ढुंगेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् ।फुलकुमारी भिरबाट लडेर करिब २ सय मिटर तल खसेको प्रहरीले बताएको छ।
भिरबाट लडेर मृत्यु भएकी नेपालीलाई सँगै घाँस काट्न गएका आफन्तहरुले घरमा ल्याएको डीएसपी पाण्डेले बताए ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा ५ जनाको टोली खटिएको प्रहरीले बताउको छ ।