Advertisement
Advertisement
Advertisement
Advertisement

झरिका कारण थन्क्याएर राखिएका बाक्ला ज्याकेट, स्वेटर झिकेर मानिसहरुले फेरि लगाउन थाले

  |      14:08:00   |  
web image
web image

बैशाख २१, काठमाडौं । जाडोयाम सकिएसँगै कतिपय सर्वसाधारणले थन्क्याएर राखिएका बाक्ला ज्याकेट, स्वेटर झिकेर फेरि लगाउन थालेका छन् । गर्मी हुने वैशाखको मध्य समयमा पनि मौसममा आएको परिवर्तनले चिसो महसुस गराएको छ ।
 

अरब सागरबाट आएको जलवाष्पयुक्त बायु र स्थानीय बायुको प्रभावका कारण विगत ३ दिनदेखि देशैभर हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । वर्षासँगै तापक्रममा पनि फेरबदल भएको हो ।
 

जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार बिहीबार बिहान काठमाडौँमा ६ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । सोही समयमा काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २५ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो ।

वर्षा हुनुअघिका दिनमा काठमाडौँको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको जल तथा मौसम पूर्वानुमान शाखाका मौसमविद गोविन्द कुमार झाले रातोपाटीलाई जानकारी दिए ।

यस्तै भैरहवामा यति बेला अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस रहेको छ । वर्षा हुनुअघि भैरहवामा अधिकतम तापक्रम ४० डिग्रीसम्म पुगेको थियो ।
 

मौसम पूर्वानुमान शाखाका अनुसार वर्षापछि तापक्रम ५ डिग्री सेल्सियससम्म घटेको छ । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले अरेवियन सागरबाट आउने जलवाष्प माथिल्लो उचाइ हुँदै नेपाल प्रवेश गरेका कारण तापक्रम घटेर बढी चिसो महसुस भएको रातोपाटीलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘पानी परेको बेलामा बढी चिसो हुनुको कारण पानी पार्ने प्रणाली कताबाट कसरी आएको छ भन्ने कुरामा निर्भर हुने गर्दछ । अहिले आएको पानी प्रणाली पश्चिमतिरबाट हिमाली भाग हुँदै आएकोले अहिलेको वर्षा अलि बढी चिसो भएको हो । तर वर्षा भएको बेला अरु बेलापनि तापक्रम त घट्छ नै । यो पटक भने अलि चिसो बढेको छ ।’  

बिहान ८ बजेसम्मको वर्षा मापन अनुसार सबैभन्दा धेरै वीरेन्द्रनगर सुर्खेतमा १४ दशमलव ६ मिलिमिटर पानी परेको छ । यस्तै पोखरामा १३ दशमलव ८ मिलिमिटर, जुम्लामा ७ दशमलव १ मिलिमिटर, काठमाडौँमा ६ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

यस्तै सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा ७ दशमलव २ डिग्री सेल्सियस, डडेलधुरामा ९ दशमलव ९ डिग्री सेल्सियस मामपन गरिएको छ । यसै गरी ताप्लेजुङमा १२ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार शुक्रवारदेखि मौसममा सामान्य सुधार हुनेछ । यद्यपि शुक्रवार र  शनिवारसम्म देशको पहाडी भू–भागमा आंशिक बदली रहने र केही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको  सम्भावना रहेको पनि शाखा जनाएको छ ।

- रातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement