Advertisement
Advertisement
Advertisement
Advertisement

ख्याति श्रेष्ठ हत्यामा संलग्न मेरिना शाक्य १२ वर्ष जेल बसेर छुटिन्

  |      00:00:00   |  
Web Image
Web Image

असार २८, काठमाडौं । ख्याति श्रेष्ठ अपहरणमा संलग्न मेरिना शाक्य थुनामुक्त भएकी छन् । १२ वर्ष जेल सजाय पूरा गरेर सोमबार उनी केन्द्रीय कारागार, सुन्धाराबाट थुनामुक्त भएको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले अनलाइनखबरलाई बताए ।

‘अदालतले १३ वर्ष चार महीना कैद सजाय तोकेको थियो, छुटसहित गरेर १२ वर्षपछि उनी छुटिन्’ उनले भने, ‘बुबाआमा आएर बिहानै लैजानुभयो ।’

अनामनगरकी १९ वर्षीया ख्याति श्रेष्ठको २२ जेठ २०६६ मा अपहरणपछि बीभत्स हत्या गरिएको थियो ।

अपहरणपछि तराईको भूमिगत समूहको नाममा १० लाख रुपैयाँ फिरौती मागिएको थियो । दुई सातापछि ललितपुरमा टाउको र हातखुट्टाविना श्रेष्ठको शव भेटिएको थियो ।

घटनाका मुख्य आरोपी वीरेन श्रेष्ठ ७ असारमा पक्राउ परेका थिए । तत्कालीन अपराध महाशाखाका अधिकृतहरुलाई उनले बयान दिंदै क्यासिनोमा जुवा खेल्दा ऋणमा डुबेपछि अपहरण गरेको खुलाएका थिए । श्रेष्ठको अपहरणमा उनलाई १९ वर्षीया शाक्यले सघाएका थिए ।

‘भाउ’ म्यागजिनका लागि अन्तरवार्ता लिने भन्दै उनीहरुले ख्यातिको अपहरण गरेका थिए । पछि उनको शवको विभिन्न भाग ललितपुर, काठमाडौं र चितवनबाट भेटिएको थियो ।

पक्राउ पर्दा शाक्यले भर्खर एसएलसी परीक्षा दिएकी थिइन् । उनले जेलबाटै स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी थिइन् । पछिल्लो समय उनी जेलभित्रै रहेको विद्यालयको प्रधानाध्यापक थिइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement