कार्तिक १७, काठमाडौं । खोकीको औषधि भन्दै प्राणघातक औषधी उत्पादन गरी बिक्री वितरण गरेको अभियोगमा औषधी कम्पनीका प्रमुख आरिफ प्रासेट्या हाराहाप र अन्य तीनजनालाई जेल सजाय सुनाइएको छ।
उक्त ‘प्राणघातक’ औषधि खाँदा इन्डोनेशियामा २०० जना बालबालिकाको यसअघि मृत्यु भएको थियो । खोकी निर्मूल पार्ने भनी औषधी उत्पादन गर्दै आएको आफी फर्मा कम्पनीका प्रमुख र अन्य तीन जना कर्मचारीलाई दुई वर्षको जेल सजाय र एक अर्ब इन्डोनेशियाली रुपिया जरिवाना गरिएको छ।
खोकी निर्मूल पार्ने नाममा कम्पनीले उत्पादन गरेको झोल औषधीमा विषालु पदार्थहरूको मात्रा अत्यधिक देखिएको बताइएको छ ।तर कम्पनीका वकिलहरूले चाहिं आरोपितहरूले हेलचक्र्याइँ गरेको भन्ने अभियोग अस्वीकार गरेको र कम्पनीले त्यस्तो सजाय विरुद्ध पुनरावेदन गर्नेबारे विचार गरिरहेको बताएका छन्।
सरकारी वकिलहरूले कम्पनीका प्रमुखलाई नौ वर्ष र अन्य प्रतिवादीहरू प्रत्येकलाई सात वर्षको जेल सजायको माग गर्दै मुद्दा दायर गरेका थिए।
सन् २०२२ यता दूषित खोकीको औषधि सेवन गर्दा मिर्गौलामा गम्भीर क्षति पुग्दा पाँच वर्षभन्दा मुनिका २०० जना बालबालिकाहरूको मृत्यु भएको थियो ।विश्व स्वास्थ्य सङ्गठन९डब्लूएचओ० ले भारत र इन्डोनेशियामा निर्मित खोकीका विभिन्न छ प्रकारका औषधिका सम्बन्धमा चेतावनी जारी गरेको छ।(साभार बीबीसी