Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना कहर : काठमाडौंमा एक लाचार आमा भोका बच्चाको पेट भर्न हारगुहार गर्दै (भिडियो सहित )

  |      20:27:00   |  
 कोरोना कहर : काठमाडौंमा एक लाचार आमा भोका बच्चाको पेट भर्न हारगुहार गर्दै  (भिडियो सहित )

चैत १८, काठमाडौं । कोरोनाका कारण अति विपन्न परिवार समस्यामा छन् । अझ शहरी क्षेत्रका गरीब तथा मजदूरहरुको अवस्था दर्दनाक बन्न थालेको छ । 

सरकारले यस्ता परिवारलाई लक्षित गरी राहातको घोषणा त गरेको छ, तर ग्राउण्ड रियालिटी भने दर्दनाक बन्न थालेको छ । 

सरकारले राहात घोषणा गरेपछि त्यस्ता गरीबहरुको बल्ल लागत संकलन सुरु भएको छ, स्थानीय निकायबाट । केन्द्र सरकारबाट राहात घोषणा, स्थानीय सरकारलाई निर्देशन, निर्देशन अनुसार स्थानीयबाट लगत संकलन कार्य सक्ने र त्यसपछि संकलित लागत अनुसार गरीबको पहिचान, राहात जुटाउने कार्य र त्यसपछि मात्र ती गरीबले राहात पाउने अवस्थाका कारण काठमाडौंमै पनि गरीबहरु भोकभोकै पर्न थालेका छन् । 

कतिसम्म भने काठमाडौंका मुख्य ठाउँका घनावस्तीहरुमा त्यस्ता गरीब परिवार धनीका घरमा बालबच्चाको भोक र प्यास मेट्याउन रुँदै खाना मागिरहेका कारुणिक दृश्यहरु देखिन थालेका छन् । यसले ज्यालादारी मजदूरहरुको अवस्था कुन हदसम्म बिग्रिएको छ र उनीहरुलाई भोकले कुन हदसम्म सताउन थालेको छ भन्ने प्रष्ट्याउँछ।

तलको भिडियोमा देखिएको दृश्य केहीबेर अघि (मंगलबार साँझ ६ः३०बजेतिरको) काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिकाको काँडाघारी क्षेत्रमा देखिएको हो । जहाँ एक अधवैंशे महिला दुई बच्चासँगै आफ्ना बच्चा भोकै परेका भन्ने बिलौना गर्दै, रुँदै सहयोग मागिरहेकी छिन् । 

उनले एक वर्षजस्तो देखिने बच्चा पिठ्यूमा राखेर र अर्का ८ वर्षजस्तो देखिने बच्चालाई झोला बोकाएर घर घरमा ‘मेरा बच्चाहरु भोकै परे, केही खाना सहयोग गरिदिनुहोस् न’ भन्दै राहात मागेकी थिइन् । 

एउटी आमाले रुँदै कराउँदै संकटको बेला आफ्ना मुटुका टुक्राहरुको भोकप्यास मेट्न गरेको प्रयास र अनुनय कारुणिक देखिन्थ्यो । 

नेपालीहरु मनका औधी धनी र दयालू छन् । समस्यामा परेकाहरुको समस्या र दुःख देख्न सक्दैनन् । सायद नेपालीहरुको यही राम्रो बानीका कारण होला, घर घरमा आफ्ना बालबच्चाको भोक मेट्याउन अनुनय गरिरहेकी ती महिलालाई प्रत्येक घर, प्रत्येक घरमा डेरा बस्ने प्रत्येकले सहयोग गरेका थिए ।

ती महिलाका अनुसार उनको स्थायी बसोबास दोलखा हो । उनी काँडाघारीकै बाबाचौकमा डेरा गरी बस्छिन् । उनी दैनिक ज्यालादारी गर्ने मजदूर हुन् । 

लामो लकडाउनले दैनिक काम ठप्प भएपछि उनको घरमा बच्चालाई खुवाउने खाना सकियो । साथमा पैसा थिएन । एक दिन पानीको भरमै बसिन् । उनीसँग बच्चाहरुको भोक टार्ने अन्य उपाय थिएन र शहरका धनीसँग माग्ने निधोमा पुगिन् । 

उनले कतिपयसँग आफ्नो घरमा खाना पकाउने ग्यास समेत नभएको, ग्यास सकिएका कारण किन्ने पैसा नभएको र घरबेटीले स्टोभ बालेको भनेर कोठाबाट निकाल्न खोजेको गुनासो समेत गरिरहेकी सुनिन्थ्यो । 

एक महिलाले लालाबाला च्यापेर रुँदै, आँसु पुछ्दै घरघरमा खाना मागिरहेको दृश्यले धेरैको आँखा रसाएका थिए । यी मजदूरलाई थाहा पाउने र देख्नेजति सबैले आफ्नो ल्याकत अनुसार सहयोग गरे । त्यो सहयोगबाट यी महिलाका बालबच्चाको भोक केही दिनका लागि टारिएला । तर, काठमाण्डौभरि नै यस्तो अवस्थामा मजदूर परिवार कति होलान् रु उनीहरुको अवस्था के होला रु उनीहरुको भोक कस्ले टार्ने रु उनीहरुको भोको पेट सरकारको निर्णय प्रक्रिया र राहात हस्तान्तरण प्रक्रियाको पट्यारलाग्दो र लामो प्रक्रियाले भरिन्छ रु यस्ता अति आवश्यक विपन्न परिवारलाई तत्काल राहात दिइहाल्ने विषयमा अब सोच्ने हो कि ? 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement