Advertisement
Advertisement
Advertisement
Advertisement

कोरिया गएको ७ महिनामै नेपाली महिलाले गरिन् आत्महत्या

  |      16:44:00   |  
web imege
web imege

पुष २६, काठमाडौं । रोजगारीको शिलशिलामा इपिएस मार्फत दक्षिण कोरिया आएकी एक नेपाली महिलाले झुन्डिए आत्महत्या गरेकी छन । 

सिन्धुपाल्चोक मेलाम्ची घर भै बिगत ७ महिना पहिले कोरिया प्रवेश गरेकी २७ बर्षिय निर्मला तामाङले आफ्नो साथीको कोठामा झुन्डिएर आत्महत्या गरेको सिन्धुपाल्चोक सम्पर्क समाज दक्षिण कोरियाका सचिव बिशाल श्रेष्ठले जानकारी दिएका छन् । 

कोरियाको इछनमा बिगत ७ महिना देखि काम गर्दै आएकी मृतक तामाङ आफुले गर्दै गरेको काम छाडेर नयाँ कार्यस्थलमा गएको ५ दीन भएको र उनी काम खोज्ने क्रममा साथीको कोठामा बसेकी थिईन ।त्यही कम्पनीमा काम गर्ने तयारीमा रहेकी तर काम भने शुरु गरि नसकेको अबस्थामा आत्महत्या गरेको बुझिएको छ । 

जनवरी ९ तारिख बेलुकी ५:३० बजे संगै बस्ने साथी कामबाट कोठामा फर्किदा कोठामा झुन्डिरहेको अवस्थामा फेला पारेको र लगत्तै साथीले कम्पनीमा जानाकारी गरी प्रहरीलाई खवर गरेका थिए । 

मृतक तामाङ विवाहित भएको र नेपालमा श्रीमान तथा २ जना बालबालिका समेत रहेको बुझिएको छ । हाल मृतकको शव प्रहरीले पोस्टमार्टमको लागी नजिकैको अस्पतालमा राखेको छ । 

यसैबीच घटनाको बिषयमा कोरिया स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा आत्महत्याको जानकारी प्राप्त भएको र घटनाको बिषयमा नेपालमा रहेको परिवार लाई समेत जानाकारी भईसकेको र श्रीमानले पार्थीव शरिर नेपाल पठाईदिनु भन्नुभएको कारण पोस्टमार्टम रिपोर्ट आईसकेपछी शव नेपाल पठाउने प्रकृया अगाडी बढाइने द्वितीय सचिव सुर्य थापाले बताए । 

हाल हवाई भाडादर अत्यधिक बढेकोको कारण नेपाल शव पठाउन निकै खर्चिलो हुने गरेको छ । 
वैदेशिक रोजगार बोर्डबाट ५ लाख ४० हजार रुपिया मात्र प्राप्त हुने र एउटा शव नेपाल पठाउन १२ लाख रुपिया भन्दा धेरै खर्च लाग्ने भएकोले कोरियाबाट उनको शव नेपाल पठाउन आर्थिक सहयोग अभियानको शुरुवात छिट्टै गर्ने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका सचिव विशाल श्रेष्ठले बताए । 

मृ’तक तामाङको पार्थिव शरिर नेपाल पठाउन नेपाल तामाङ धेदुङ दक्षिण कोरिया,नेपाल तामाङ धेदुङ ख्यङबुसान शाखा,बाग्मती प्रदेश एकता समाज दक्षिण कोरिया र सिन्धुपाल्चोक समाज दक्षिण कोरिया आन्तरिक तयारीमा जुटेको र छिट्टै आर्थिक सहयोग अभियान चलाएर श’व नेपाल पठाउन लागीपर्ने श्रेष्ठले जानाकारी दिए ।

पछिल्लो समयमा दक्षिण कोरियामा आत्महत्या,आकस्मिक मृ’त्यु, कार्यस्थल दुर्घटनाका लगाएतका कारणले ज्यान गुमाउने नेपालीको संख्या बढ्दै गईरहेको छ । कतिपयको मृत्युको वास्तविक कारण समेत खुल्न सकेको छैन भने नेपाल सरकारले प्रयाप्त रकम उपलब्ध नगरादा मृतकको शव स्वदेश फर्काउन समेत मुस्किल पर्दै आइरहेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement