पुस ५,काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको छ ।
केरलामा भारत भरमा सबैभन्दा धेरै संक्रमित नै रहेकौ भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेका छन् ।
यस बाहेक भारतभरमा जम्मा ५८ जनामा संक्रमण देखिएको छ
केरलामा सक्रिय संक्रमितको संख्या बढेर २ हजार ३४१ पुगेको छ।