फागुन १५, काठमाडौं । काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।
कोटेश्वरमा गएराति पौने १२ बजे नम्बर नखुलेको सवारी साधनको ठक्करबाट अन्दाजी ३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो । महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा राति सवा १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको र ठक्कर दिने सवारी साधनको पनि खोजी भइरहेको कोटेश्वर प्रहरीले जनाएको छ ।