मंसिर १६, काठमाडौं। समूहमा आएका महिलाहरुको कुटपीटबाट मृत्यु भएकी धरान १३ की उषा राईको पक्षमा न्याय माग्दै धरानमा महिलाहरुले प्रदर्शन गरेका छन् ।
महिलाहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभाग र इलाका प्रहरी कार्यालय धरानअघि नाराबाजी गरेका हुन् । नाराबाजी गर्दै महिलाहरुले आरोपित सबैलाई पक्राउ गर्न माग गरेका छन् ।
प्रहरीले मुख्य आरोपी उर्मिला राईलाई पक्राउ गरेको छ । उनका श्रीमान् गोविन्द राईसहित कुटपिटमा सम्लग्न सबैलाई पक्राउ गरिनुपर्ने आन्दोलनकारी महिलाहरुको माग छ ।
उर्मिला राईको नेतृत्वमा गएर एउटा समूहले एकल महिला माथि कुटपिट गरेको आरोप छ । कुटपिट भएको भिडियो समेत सामाजिक सन्जालमा भाइरल भएको छ । आमा समूहकी पूर्व अध्यक्षसमेत कुटपिटमा संलग्न भएकाले आमा समूहको बदनाम भएको जनजागृति आमा समूहकी अध्यक्ष निर्मला तिम्सिनाको भनाइ छ ।
प्रहरीले मुख्य आरोपी उर्मिला राईलाई पक्राउ गरेको छ । उनका श्रीमान् गोविन्द राईसहित कुटपिटमा सम्लग्न सबैलाई पक्राउ गरिनुपर्ने आन्दोलनकारी महिलाहरुको माग छ ।
उर्मिला राईको नेतृत्वमा गएर एउटा समूहले एकल महिला माथि कुटपिट गरेको आरोप छ । कुटपिट भएको भिडियो समेत सामाजिक सन्जालमा भाइरल भएको छ । आमा समूहकी पूर्व अध्यक्षसमेत कुटपिटमा संलग्न भएकाले आमा समूहको बदनाम भएको जनजागृति आमा समूहकी अध्यक्ष निर्मला तिमिल्सीनाको भनाइ छ ।
समूहले पत्रकार सम्मेलन गर्दै घटनामा आमा समूहको सम्लग्नता नरहेको स्पष्ट पारेको छ । आमा समूहका नाममा महिलामाथि नै भौतिक आक्रमण र हिंसा हुँदै आएको स्थानीयबासिन्दाको आरोप छ ।
आन्दोलनरत महिलाहरुले आमा समूहलाई खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन् । स्थानीयका अनुसार मृतक उषामाथि आमा समूहको नाममा कात्तिक ३ गते महिलाहरुको एक समूहले कुटपिट गरेको थियो । कुटपिटपछि घाइते उनलाई तत्काल बिपी प्रतिष्ठान धरानको सघन कक्षमा उपचारका लागि पुर्याइएको थियो ।
उपचारपछि डिस्चार्ज गरिएको उषाको स्वास्थ्य अवस्था मंसिर ६ गते पुनः बिग्रिएको थियो । अस्वस्थ भई अस्पताल भर्ना भएकी उषाको हप्तादिनपछि मृत्यु भएको थियो ।
अहिले उनको शव बिपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ । आरोपी पक्राउ नगरी पोस्टमार्टम नगर्ने परिवारले अडान लिंदै आएका छन् । आरोपीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
मृतक उषाका श्रीमानको दुई वर्ष अघि मृत्यु भएको थियो । उनका दुई छोरी छन् । धरान १३ मा डेरा गरी बस्ने उषा सिलाइबुनाइ पेशा गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन् ।
वैशाख २१,काठमाडौं । मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहका बुबाले घटनाको निष्पक्ष छानबिनको...
वैशाख १९,काठमाडौं । १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र...
वैशाख १९,काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले...
वैशाख १९,काठमाडौं । करिब चार महिनादेखि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्न...
वैशाख १९,काठमाडौं । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१...
वैशाख १९,काठमाडौं । केदारनाथ धामको ढोका आज (शुक्रबार) देखि खुल्ने भएकाले भक्तजनको यात्राका...
वैशाख १९,काठमाडौं । पद्मकन्या कलेजका विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा �...
वैशाख १९,काठमाडौं । भारतको ओडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल...
वैशाख १९,काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा...