Advertisement
Advertisement
Advertisement
Advertisement

किन रुसी गर्भवतीहरु धमामधम उर्लीदै छन् अर्जेन्टिना ?

  |      11:25:00   |  
web image
web image

फागुन ३, काठमाडौं । हालै रुसका पाँच हजारभन्दा धेरै गर्भवती महिलाहरू अर्जेन्टिना पुगेका छन् । अधिकारीहरूका अनुसार बिहीबार एकै दिन ३३ जना रुसी गर्भवती महिलाहरू एउटै उडानबाट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स गएका छन् ।

 

अर्जेन्टिनाको राष्ट्रिय आप्रवासन एजेन्सीका अनुसार अर्जेन्टिना पुगेका सबै रुसी महिलाहरु गर्भावस्थाको अन्तिम हप्तामा छन् ।


ती महिलाहरुले अर्जेन्टिनामा आफ्नो बच्चा जन्माउन चाहन्छन् ता कि बच्चालाई अर्जेटिनाको नागरिकता प्राप्त होस् ।

स्थानीय मिडियाहरुका अुनसार युक्रेनमा चलिरहेको युद्धका कारण रुसी गर्भवतीहरू सुत्केरी हुनका लागि अर्जेन्टिना जाने क्रम बढेको हो ।


बिहीबार एकसाथ ३३ महिलाहरु एकै उडानबाट अर्जेन्टिनाको राजधानी ओर्लिएकोमा तीन जनालाई कागाजत नपुगेको भन्दै रोकिएको थियो ।

 

अर्जेन्टिनी नागरिकताका लागि तिकडम

आप्रवासन एजेन्सीकी प्रमुख फ्लोरेन्सिया केरिगनेनोले स्थानीय पत्रिकालाई बताए अनुसार त्यसअघि पनि ३ रुसी गर्भवती महिलालाई रोकिएको थियो । उनीहरूले सुरुमा पर्यटकको रुपमा अर्जेन्टिना आएको बताएका थिए । तर पछि उनीहरुले आफूहरु पर्यटनका लागि अर्जेन्टिना नआएको आफैं स्वीकार गरेका थिए ।

 

ती महिलाहरू अर्जेन्टिनामा बच्चा जन्माउने उद्देश्यका साथ आएको र आफ्ना बच्चाले अर्जेन्टिनाको नागरिकता पाउन् भन्ने चाहेको उनले बताइन् ।

रुसी पासपोर्टको तुलनामा अर्जेन्टिनी पासपोर्टलाई विश्वमा धेरै मान्यता रहेको हुँदा रुसी महिलाहरू बच्चा जन्माउन अर्जेन्टिना जाने गरेको उनको दाबी छ ।

 

रुसी पासपोर्टले विश्वका ८७ देशमा मात्र भिसा नलिइकन यात्रा गर्न सकिन्छ भने अर्जेन्टिनाको पासपोर्टबाट यात्रा गर्दा विश्वका १७१ देशमा भिसा चाहिँदैन ।

 

बच्चा अर्जेन्टिनामा जन्मिएपछि बच्चाका बुवाआमाले पनि अर्जेन्टिनाकै नागरिकता पाउने प्रक्रिया सुरु हुन्छ । रुसी नागरिकलाई अर्जेन्टिना जाँदा भिसा लगाउनु पर्दैन ।

 

अर्जेन्टिनामा रुसी महिलाका लागि बर्थ टुरिज्म फस्टाउँदै गएपछि अर्जेन्टिनामा बच्चा जन्माउन चाहने रुसी महिलाका लागि रुसमा विभिन्न खालका प्याकेजसमेत सार्वजनिक हुने गरेका छन् ।

 

बीबीसीका अनुसार एउटा रुसी वेबसाइटले अर्जेन्टिनामा बच्चा जन्माउन चाहने महिलाहरुका लागि पर्सनलाइज्ड बर्थ प्लान, एयरपोर्टबाट पिकअप गरेर लैजाने, स्पेनिस सिकाउने तथा अर्जेन्टिनाको राजधानीका उत्कृष्ट अस्पतालमा बच्चा जन्माउन लाग्ने खर्चमा छुट गराउनेलगायतका अफरको विज्ञापन गरेको छ । त्यसका लागि पाँच हजार देखि १५ हजार डलर सम्मको प्याकेज दिइएको छ ।

 

युक्रेन युद्धपश्चात् रुसी नागरिकहरुलाई युरोपलगायतका पश्चिमी मुलुकको भ्रमणका लागि भिसाा पाउन कठिनाइ हुँदै गएको छ । युरोपेली युनियनका देशहरू समेतले हाल रुसी नागरिकका लागि भिसा जारी गर्नमा रोक लगाएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement