फागुन ७, काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी शुक्रबारदेखि ३ दिन कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
बारले पर्साको वीरगञ्जमा तीन दिने सम्मेलनको आयोजना गर्न लागेको हो ।
बारले त्यही बोलमा आफ्नो केन्द्रिय कार्यकारिणी परिषदको बैठक पनि राखेको छ । सम्मेलन र बैठकले समसामयिक विषयमा छलफल गरी घोषणापत्र सार्वजनिक गर्नेछन् ।