भदौ ३, काठमाडौं । काठमाडौंको ढुंगेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवारअनिता थापामगरको मृत्यु भएको छ । एक जना बालिका घाइते भएकी छन् ।
बालाजुबाट कलंकीतर्फ गइरहेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेशना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२ ०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३५ वर्षको रामकुमार भारती र पछाडि सवार सिन्धुपाल्चोकको साँगाचोकगढी-३ की ३२ वर्षकी अनिता थापामगरको मृत्यु भएको हो । उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अनिताकी ९ वर्षकीछोरी अनिसा घाइते भएकी छन् । उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।