माघ ११, काठमाडौं । जर्मनी र इजरेलका अनुसन्धानकर्ताहरूले सयौं मानसिक परीक्षणहरू मन्थन गरेर बेइमानीबारे नयाँ तथ्य सार्वजनिक गरेका छन्। उनीहरूले बेइमानी उमेर र लिङ्गमा आधारित हुने बताएका छन्।
हो त, महिलाले भन्दा पुरुषले बढी झुट बोल्छन् ।
बेइमानीबारे गरिएको एउटा ठुलो अध्ययनले त्यस्तै देखाएको छ । तर महिलाहरु पनि त्यती सत्यवादी चाहिँ होइनन् । मनोवैज्ञानिकको परीक्षणहरुले ४२ प्रतिशत पुरुषहरुले झूट बोल्ने गरेको देखायो । र झूट बोल्ने महिलाको संख्या पनि ३८ प्रतिशत पाइयो । ४४ हजार सहभागिहरुँंग गरिएको ५ सय ६५ अध्ययनको तथ्यांक बिश्लेषण गरिएको थियो । जर्मनी र इजरायलीहरुको म्याक्स प्लायांक एण्ड टेक्नियन इन्ष्टिच्यूटले गरेको अध्ययन हो । त्यसोभए कस्को आँखा इमान्दर देखियो त !
अनुशन्धानकर्ताहरु भन्छन्, तपाइले ठोकुवा गर्नु अघि विचार गर्नुपर्छ । बूढापाकाहरु भन्दा जवानहरु बढ्ता झूट बोल्छन् । तपाइको उमेर बढ्दै जाँदा हरेक वर्ष ०.२८ प्रतिशतले इमान्दार बन्दै जाने सम्भावना बढाउँछ । त्यसैले उमेरसँगै इमान्दारी बढ्दै जाने देखिन्छ ।
स्रोत : बीबीसीमा प्रकाशित भिडियोको आधारमा तयार सामाग्री ।