बैशाख १५, काठमाडौं । राजधानीको कपनमा भएको घटनाको अनुसन्धान गर्न प्रहरीले ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय अनुसन्धान समिति गठन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसी, ब्युरोकै एसएसपी दिनेश आचार्य, डीएसपी धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतलगायत छन् ।