भदौं १, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि कञ्चनपुरकी निर्मला पन्तको न्याय माग्दै धनगढी पुगेकी सावित्री सुवेदीले विरोध प्रदर्शन गर्नुभएको छ।
‘बलात्कारीलाई फाँसी दे निर्मलालाई न्याय दे १ मेरो शरीर मेरो अधिकार १’ भन्दै उहाँ एक्लैदे मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्नु भएको हो ।
निर्मलाको बलात्कारपछि हत्याको घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नपाइएको र दिनप्रतिदिन छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप रहेका कारण न्यायको माग गर्दै आफू धनगढी पुगेको उहाँले बताउँनुभयोे ।
सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उहाँको भनाई छ। झापाबाट धेरै पटक धनगढी आइसकेको र निर्मलाले न्याय नपाउन्जेल धनगढी आइरहने पनि उहाँले बताउँनुभयो ।