भदौ २५, काठमाडौं । पोखरा (कास) एम्बुलेन्स तथा शब वाहन सेवा सञ्चालनका लागि यस वर्स पनि पोखराको लामाचौरमा तीज महोत्सब हुने भएको छ । समाजले विगतदेखि सञ्चालनमा थप सहयोग गर्ने उद्देश्यले नवआर्दश सामुदायिक विकास समाज (नाकोस्) को आयोजना भदौ ३० देखि असोज १ सम्म २५औं संस्करणको महोत्सव गर्ने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट २५ लाख, रोटरी क्लब अफ पोखराबाट २० लाख एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग प्राप्त भएको समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताए । त्यसैगरी समाजले तीज मेला अध्यक्ष कोषमा भने ३३ लाख रुपैया संकलन गरेको उनले जनाए ।
अध्यक्ष भण्डारीले पुरानो एबुलेन्सको स्थानमा अर्को नयाँ एम्बुलेन्स खरिद गर्ने योजना बताए । महोत्सब सम्पन्न गर्न ५२लाख ७७ हजार ५ सय खर्च लाग्ने अनुमान रहेको अर्थ संकलन तथा खर्च लाग्ने अनुमान रहेको संयोजक बुद्विवहादुर खत्री क्षेत्रीले बताए महोत्सवाट खर्च घटाई बाँकी रकम आकस्मिक सेवा तथा तीज महोत्सव सञ्चालन कोष बृद्विका लागि थप गरिने उनको भनाइ छ ।