कार्तिक १३, काठमाडौं ।एनसेल आजियाटा लिमिटेडले आगामी मंसिर ७ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले काठमाण्डौको लैनचौरस्थित कर्पोरेट कार्यालयमा सभा बोलाएको हो ।कम्पनीको प्रस्तावमा स्वतन्त्र सञ्चालकको नियुक्ति, आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन,आव २०७९र८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायत वित्तीय विवरण पारित गर्ने रहेको छ।
अन्य प्रस्तावमा आव २०८०र८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ । त्यस्तै सभाले सञ्चालक समितिको सिफारिस बमोजिम आव २०७२र८० को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
मोवाइल सेवा प्रदायक एनसेलले प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भएपछिको चौथो वर्षको साधारणसभा गर्न लागेको हो । उक्त कम्पनी चार वर्षअघि मात्र पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।