Advertisement
Advertisement
Advertisement
Advertisement

एनआरएनएमा युवा पुस्ताको उदय हुनुपर्छ :सांसद गौतम

  |      12:23:00   |  
web image
web image

भदौ ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले एनआरएनएमा युवा पुस्ताको उदय हुनुपर्नेजानकारी दिएकी छन् । गैर आवासीय नेपाली सङ्घ युकेद्वारा आयोजित  शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले सो कुरा जानकारी दिएकी हुन् ।

निजी भ्रमणमा हाल बेलायत रहेकी गौतमले एनआरएनहरूले आफ्नो मातृभूमिप्रति गरेको योगदान आफूले नबिर्सेको बताइन् । उनले एनआरएनहरूलाई नेपाल फर्कन मात्रै हैन नेपालमै बस्ने सहज वातावरण सृजना गर्नुपर्ने कुरामा जोड दिइन् । 

उनले एनआरएन नागरिकता, सम्पत्ति सुरक्षा लगायत भूतपूर्व गोर्खाको हक अधिकारको लागि व्यक्तिगत र पार्टीको तर्फबाट पनि पूर्ण सहयोग हुने बताइन्। विश्वभरमा रहेका नेपालीहरूको मुद्दालाई नेपाल सरकारसमक्ष पुर्‍याएर एनआरएनएले कुनै पनि आग्रह पूर्वाग्रहमा नलागी मातृभूमिसंगको सम्बन्धमा पुलको रूपमा काम गर्न उनले जोड दिइन् ।

सम्पूर्ण सङ्घसंस्थाहरू मिलेर आफ्ना छोराछोरीहरूलाई सहभागी गराई नेपालसँगको सम्बन्धलाई थप मजबुत बनाउन आग्रह गरिन् । पछिल्लो समयमा उठेका विभिन्न मुद्दाका कारण नेपाल सरकारले बिर्सन खोजेको हो कि भनेर चिन्तित नहुन र धैर्य गर्न उनले आग्रह गरिन् । विदेशमा बस्ने नेपालीहरूलाई संधैभरी नेपालसँग जोडी राख्ने वातावरण बनाउनुपर्ने र त्यसका लागि देखिएका बाधा अड्चनहरू फुकाउन आफूहरू लागिपर्ने आश्वासन दिइन् ।

‘भूतपूर्व गोर्खा मुद्दाको प्रसङ्ग कोट्याउँदै उनले भनिन्, ‘म नेपाल पुगेर गोर्खाहरूको मुद्दाबारे मेरो पार्टीका अरू नेताहरूसँग पनि छलफल गर्नेछु र आवश्यक सहजीकरण गर्नेछु ।’ नेपाली भन्दा पनि गोर्खालीको रूपमा संसारभर नै परिचय बनाएका गोर्खाहरूको मुद्दा किन ओझेलमा परेको हो यसबारेमा आवाज उठाउने गौतमले बताइन् । 

आफू नेपाल फर्किएपछि विदेशमा बस्ने नेपालीहरूको विषयमा आवश्यक छलफल र पहल गर्ने आश्वासन गौतमले दिइन् । 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement