Advertisement
Advertisement
Advertisement
Advertisement

एनआईसी एशिया र कुमारी बैंकले घटाए ब्याजदर, कुनको कति ?

  |      11:43:00   |  
web image
web image

मंसिर २४, काठमाडौं ।एनआईसी एशिया बैंकले पुस महिनाका लागि पनि फेरि ब्याजदर घटाएको छ।

मंसिर महिनामा ब्याजदर घटाएर २० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम ब्याजदर दिइरहेको कम्पनीले पुस महिनाका लागि अधिकतममा ८.६७९ प्रतिशत ब्याजदर दिने भएको छ। कम्पनीले २४ महिनादेखि १८० महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो।यसअघि मंसिर महिनामा कम्पनीको अधिकतम ब्याजदर ८.९६८ थियो। यो ब्याजदर वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि दिएको ब्याजदरमध्ये सबैभन्दा न्यून हो।एनआईसी एसियाले ब्याजदर घटाएसँगै अब अन्य बैंकहरुलाई पनि ब्याजदर घटाउन दबाब परेको छ। 

कुमारी बैंकले भने मंसिरका लागि लागू गरिएको ब्याजदरमा परिमार्जन गरेको छ।कम्पनीले पनि मंसिर २४ गतेदेखि लागू हुने गरी ब्याजदरमा परिमार्जन गर्दै घटाएको छ।

यसअघि कम्पनीले मंसिर १ गतेदेखि लागू हुने गरी कात्तिकै ब्याजदरलाई निरन्तरता दिएको थियो।

कात्तिकमा कम्पनीले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याज दिएको थियो। सोही ब्याजदरलाई कम्पनीले मंसिर महिनामा पनि कायम राखेको थियो। कम्पनीले अब भने व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.६१० प्रतिशत र संस्थागतमा ७.६१० प्रतिशत ब्याज दिने छ। कम्पनीले मुद्दति निक्षेपको ब्याजदर ०.४ प्रतिशतको विन्दुले घटाएको हो ।

यसैगरी कम्पनीले मंसिर २४ गतेदेखि लागू हुने गरी साधारण बचतको अधिकतम ब्याजदर घटाएर ६.७१० प्रतिशत कायम गरेको छ। यसअघि यस्तो ब्याजदर ७.५१० प्रतिशत थियो।

मंसिरमा वाणिज्य बैंकहरुमध्ये केहिले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.६०३ प्रतिशत र संस्थागतमा ८.६०३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्।नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् नीतिगत दर नै घटाएकाले ब्याजदर थप घट्ने अनुमान गरिएको छ । हुनत यसअघि नै बैंकहरुले ब्याजदर घटाउने क्रम सुरु गरेका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement