फागुन ९, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरमा एक महिला २ छोरासहित बेपत्ता भएकी छन्।
स्थानीय तीर्थराम थारुको श्रीमती २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित मंगलबार दिउँसो हाम फाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका तीनै जनाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।