काठमाडौं। सिक्ने र सिर्जनात्मक काम गर्ने कुरालाई उमेरले छेक्दैन । जापानकी एक वृद्धाले यसलाई प्रमाणित गरेर देखाइदिएकी छिन् ।
६० वर्षको उमेरमा मात्र कम्प्युटर सिकेकी एक जापानी महिलाले ८१ वर्षको उमेरमा आइफोन एप निर्माण गरेकी छिन् । ४३ वर्षसम्म जापानको एक बैंकमा काम गरेकी पूर्व बैंकर मसाको वाकामियाले रिटायर्ड भैसकेपछि मात्र ६० वर्षको उमेरमा कम्प्युटर शिक्षा लिएकी थिइन् । कम्प्युटर सिक्ने आफ्नो निर्णयले आफ्नो पूरै जिन्दगी बदलिदिएको उनको भनाई छ ।
इन्टरनेटको जादुमय दुनियाँको हिस्सा बनेकी मसाकोलाई आफ्नो यो नयाँ संस्कार खुुब मन परेको छ । हालै उनले वृद्धावस्थाका मानिसहरुका लागि स्मार्टफोन एप बनाएर निकै चर्चा बटुुलिरहेकी छिन् । जसमा जापानका परम्परागत गुडिया राख्ने सही तरिका सिकाइन्छ ।
स्मार्टफोनका धेरैजसो एपहरु युवावर्गलाई लक्षित गरी बनाइएको र वृद्धवृद्धाका लागि निकै कममात्र एप्स देखेपछि आफुलाई वृद्धावस्थाका मानिसलाई लक्षित गर्दै एप बनाउने विचार जागेको उनले खुलासा गरिन् । आफुजस्तै बुढो अवस्थाका तमाम बुढाबुढीहरु कम्प्युटर तथा प्रविधिको दुनियालाई बुुझ्न सकूून् र आधुनिक युुगको साथ कदमअघि बढाउन सकूून् भन्ने आफुुले चाहेको उनी बताउँछिन् ।
आफ्नो एप निर्माणको कामसँगै उनले ओल्ड एज क्लब पनि चलाउँछिन् । साथै उनको एउटा ब्लग पनि छ । एजेन्सी
जेठ २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ...
चैत २४, काठमाडौं ।नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। नेपाली...
फागुन १९, काभ्रे । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र...
फागुन १७, काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु...
फागुन १६, काठमाडौं । ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्यौँ, हाम्रो...
फागुन १५, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा...
फागुन १२, भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको...
फागुन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हाल सञ्चार प्रविधिको...
फागुन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तरीय...