माघ ७,काठमाडौं । एक महिलाको लमजुङको मस्र्याङ्दी गाँउपालिका ४, स्याँगेमा घरसहित पसलमा आगलागी हुँदा बिहिबार राती ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको छ ।
उनको श्रीमानको भने आगलागी हुदाहुदै माथिल्लो तल्लाबाट हाम फालेर बच्न सफल भएका छन् । उनीहरु बेँसीसहर नगरपालिकाको गैरीडाँडा घर भएका यी दम्पती बेँसीसहरचामे सडकको स्याँगेमा १८ वर्षदेखि किराना र कपडा पसल सञ्चालन गर्दै त्यहीँ बसोबास गर्दै आएका थिए । यहीँ गाउँपालिकाका वडाध्यक्ष बलबहादुर गुरुङले आगलागी भएको अनुमान गरी १२ बजेतिर सो ठाँउमा पुग्दा आगो दन्किरहेको जनाए ।प्रहरी टोली र स्थानीय मिलेर पनि आगो निभाउन असफल भएपछि नजिकै रहेका ग्यासका सिलिन्डरहरु सफल भएकाले अन्य घरहरु आगलागीबाट जोगिएको वडाअध्यक्षले बताए ।
एउटा मोटरसाइकल पनि जलेको छ । फलामे पोल गाडेर पर्खाल लगाएको, बाहिर सटर र माथि टिनको छानो लगाएर बनाएको घरमा रहेको पसलसमेत आगलागी भएको प्रहरीले जनाएको छ।