भदौ ८,काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने पाउँदी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ।
साथिहरुसँग खोलामा पौडी खेल्न गएका सुन्दरबजार नगरपालिका–६ ऐशेलुचौर बन्ने रामशरण परियारका १० वर्षिय छोरा समर्पण परियारको शुक्रबार दिउँसो करिब १:४५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।
सुन्दरबजार नगपालिका ६ र तनहुँको भानु नगरपालिका ११ मानेचौका जोड्ने मोटरेवल पुल नजिकै बालकलाई खोलाले बगाएको देखेर स्थानीयले उद्धार गरी खोला छेउमा ल्याएको भएता पनि बालकको मृत्यु भइसकेको सुन्दरबजार प्रहरी चौकीका प्रमुख रामकृष्ण अधिकारीले बताए।
बालकको शव फेला परेको ठाउँ तनहुँ जिल्ला परेकाले कानुनी प्रक्रियाका लागि भानु इलाका प्रहरी लागि खबर गरिएको प्रमुख अधिकारीले बताए।