Advertisement
Advertisement
Advertisement
Advertisement

ऋण दुरुपयोग गरेपछि बैंकविरुद्ध बिष बमन, कर्मचारीलाई बमले उडाइदिने र बैंक लूट्ने धम्की

  |      16:23:00   |  
web imege
web imege

मंसिर २१, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले आफ्ना कर्मचारी तथा तिनका परिवारलाई बमले उडाइदिने र बैंकको पैसा लुटेर बाँडिदिन्छु भन्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ । 

झापाका एक ऋणिले आफ्ना बैंक कर्मचारी तथा तिनका परिवारलाई ज्यानै मार्नेसम्मको धम्की दिएको र बैंक नै लुट्नेसम्मको चेतावनी दिए पनि सामाजिक सञ्जालमा भने बैंकका कारण आफू आत्मदह गर्ने अवस्थामा पुगेको भन्दै उल्टो प्रचारबाजी भएकोमा बैंकले आपत्ति जनाएको हो । 

जुन कम्पनीको नाममा ऋण लिएको हो, त्यो अस्तित्वमै नरहेको र त्यसका नाममा लिएको ऋण नतिर्ने कुत्सित मनाशयले ऋणिले बैंकविरुद्ध अनर्गल प्रचार गरेको समेत पाइएको छ । 

भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि। तथा श्री बास्कोटा कृषी तथा पशुपालन प्रा.लि.को तर्फबाट राजेश बास्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिनासम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नका लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिंदै आएको अनुदान रकमबाट बञ्चित गरिएको, बैंकले ब्यवसाय नै बन्द गराएको आदिजस्ता आरोप लगाई आफूलाई आत्मदाह गर्न बाध्य बनाइएको भनी बैंकबिरुद्व प्रचारबाजी गर्दै, बैंकको कर्मचारीहरुलाई मानसिक यातना दिने, बैंकको कर्मचारीको घरमानै गई अपहरणको शैलीमा उठाएर लग्ने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काईदिने जस्ता धम्की दिने, गाली गलौज तथा अपशब्द बोल्दै मानहानी गर्ने, शाखा कार्यालयमा गई नारा जुलुस तथा हुलहुज्जत गर्ने गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राजेश बास्कोटा दुर्गा प्रसाईले चलाएको अभियानका कार्यकर्ता पनि हुन् । सोही अभियानको जोडबलमा उनी नेतृत्वको समूहले केही दिनअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका विर्तामोड शाखाको निमित्त प्रमुखको अपहरणको प्रयास भएको थियो । 

बैंकले  बास्कोटाले सामाजिक सञ्जालमार्फत फैलाएको अफवाहको खण्डन समेत गरेको छ । 

सो प्रकरणबारे प्रष्ट पार्दै बैंकले भनेको छ–‘श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा श्री बास्कोटा कृषि तथा पशुपालन प्रा।लि। को नाममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (तत्कालिन मेगा बैंक नेपाल लिमिटेड) बाट बिभिन्न शीर्षकमा कर्जासुविधा स्वीकृत भएको थियो। जसमध्ये श्री बास्कोटा कृषि तथा पशुपालन प्रा.लि. को नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भईसकेको छ भने श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. को नाममा स्वीकृत बिभिन्न शीर्षकको परियोजना कर्जा ऋणीको परियोजना निर्माण कार्यमा भएको प्रगतिको आधारमा प्रवाह हुने शर्त बमोजिम ऋणीलाई आंशिक कर्जा सुविधा प्रवाह भईसकेको छ भने बाकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको हुदाँकर्जा स्वीकृत गर्दाको शर्तहरु मुतावित प्रवाह नभएको हो।

ऋणीले आरोप लगाएअनुसार ऋणीलाई कर्जा स्वीकृत गरि चार महिना सम्म कर्जा प्रवाह नभएको भन्ने सम्बन्धमा ऋणीले बैंक समक्ष पेश गर्नुपर्ने सम्पूर्ण लिखत तथा कागजातहरु बैंकमा पेश गर्नासाथ ऋणीको नाममा स्वीकृत भएको कर्जा सुविधा प्रवाह गर्न शुरु भएको अवस्था हो जसको प्रमाण बैंकसमक्ष सुरक्षित छदै नै छ । स्वीकृत गरेअनुसार कर्जा प्रवाहको सम्बन्धमा ऋणीको २ वटा कम्पनीमध्ये श्री बास्कोटा कृषी तथा पशुपालन प्रा।लि।को नाममा स्वीकृत सम्पूर्ण कर्जासुविधा प्रवाह भईसकेको र फनपार्क प्रा।लि।को हकमा स्वीकृत भएकोदिएको ऋण स्वीकृति पत्रमा स्पष्ट रुपमा उल्लेखित भए अनुसार ऋणीलाई आंशिक रुपमा कर्जा प्रवाह भईसकेको र बाँकी कर्जा परियोजनाको प्रगति नभए पश्चात प्रवाह हुन नसकेको हो । श्री बास्कोटा कृषी तथा पशुपालन प्रा।लि। को नाममा सहुलियतपूर्ण कर्जाका लागि नेपाल राष्ट्र बैकको व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि बमोजिम कर्जा स्वीकृत भएकोतथा सोही कार्यबिधिमा उल्लेखित ब्यवस्थामा ऋणीले बैंकलाई ब्याज अनुदान रकम बाहेकको किस्ता तथा ब्याज रकम चुक्ता भुक्तान गरेको अवस्थामा मात्र ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य हुने भन्ने ब्यवस्था रहेकोछ । ब्याज अनुदान सुविधा बैंकको स्वविवेकले नभई नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिबाट निर्देशित हुने हुदाँ सोहि बमोजिम ऋणीले उल्लेखित कार्यबिधि बमोजिम ब्याज अनुदान रकम बाहेकको रकम चुक्ता भुक्तान नगरे पश्चात ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य नभएको अवस्था हो ।’

ऋणीले प्रचारबाजी गरे अनुरुप बैंकले स्वीकृत गरे अनुसारको कर्जा प्रवाह नहुदाँ ब्यवसाय बन्द भएको भन्ने आरोपको सम्बन्धमा बास्कोटा कृषि तथा पशुपालन प्रा।लि। को नाममा स्वीकृत भए अनुरुप सम्पूर्ण कर्जा सुविधाको सीमा प्रवाह भइसकेको समेत बैंकले प्रष्ट पारेको छ । 

बैंकको प्रतिनिधिले ब्यवसायको निरीक्षण गर्दा ब्यवसाय अस्तित्वमा नै नरहेको अवस्था पाइएको छ भने ऋणी खराव कर्जा अन्तर्गत समेत बर्गिकरण भईसकेको छ । त्यति हुदाँ हुदै ब्यवसाय संचालनमा नरहेको तथा निर्माण भएका संरचनाहरु समेत जिर्ण हुन लागिसकेको श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा।लि।लाई पुनरुत्थान गर्ने उद्धेश्य स्वरुप यथाशिघ्र ब्यवसाय संचालन गर्ने शर्तमा बैंकले हालसालै पेश्की सहित केहि कर्जा सुविधा चरणवद्ध रुपमा प्रवाह हुने गरि ऋण स्वीकृति पत्र जारी गर्दा समेत ऋणीले आवश्यक कानुनी कागजातहरु पुरा नगरी अनावश्यक रुपमा सामाजिक संजालमा बैंक बिरुद्घ प्रचारबाजी गर्दै बैंकको कर्मचारीलाई निजी निवासबाटै अपहरण गर्ने जस्ता धम्की दिने कार्यले ऋणीको वास्तविक नियत आफ्नो ब्यवसायको पुनरुत्थान गर्ने भन्दा पनि अन्य स्वार्थ पूर्ति गर्ने उद्धेश्यले प्रेरित रहेको देखिन्छ ।’ बैंकले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ–‘मिति २०८० मंसिर १९ गते बैंकसँग भद्र सहमति भई नियामकको नियमभित्र रहि ऋणीलाई बैंकले सक्ने जति सहयोग गर्ने प्रतिवद्वता भई ऋणीले समेत सहमति जनाईसकेको अवस्थाका बाबजुत ऋणीले आफ्नो मनोमानी ढंगले बैंकलाई आफूले भनेजति कर्जा दिन दवाव दिने उद्धेश्यले ऋणीले परियोजना आफ्नो योजना अनुरुप संचालन गर्न नसकेपश्चात ऋणी आफू स्वयमको गल्ति तथा कमजोरी ढाकछोप गर्न पुनः सामाजिक संजालहरुमा बैंक तथा बैंकका कर्मचारीका बिरुद्व बिभिन्न नकारात्मक अभिब्यक्ति दिने, कर्मचारी तथा निजका एकाघर परिवारका सदस्यहरुलाई गाली गलौज गर्ने, ज्यान मार्ने तथा बम पड्काईदिन्छु भनि धम्की दिने, बैंकको पैसा लुटेर बाँडिदिन्छु भन्ने र उल्टो बैंक तथा बैंकका कर्मचारीरपदाधिकारीको कार्यले आत्मदाह गर्नुपर्ने अवस्था आएको जस्ता निराधार कुरा तथा कार्यहरु कानुन सम्मत नरहेको समेत यसै विज्ञप्ति मार्फत सम्पूर्णमा स्पष्ट पार्न चाहन्छौ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement