पुष १५, काठमाडौं । अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो । आरोपित अर्का महिला रत्ना सुब्बालाई १ लाख धरौटी लिएर छोड्न आदेश गरेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले बताए ।
उषाको कुटपिटपछि उपचारका क्रममा मङ्सिर १३ गते मृत्यु भएको थियो । उनलाई आफ्नो पतिसँग नजिकिएको भन्दै ५५ वर्षीया उर्मिला राईले महिला समूह बोलाएर कात्तिक ३ गते कुटपिट गराएकी थिइन् । कुटपिटपछि अखाद्य रासायनिक झोल पदार्थ पनि खुवाइएकाले घाइते बनेकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि ‘उपचार खर्च पाउने गरी’ सामुदायिक प्रहरीमा मिलापत्र गरेका थिए । तर पुनः उनको स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना भएर आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो ।
४५ वर्षीया उषाको पतिको दुई वर्षअघि मृत्यु भएको थियो । उनी २७ वर्षीया र ८ वर्षीया दुई छोरीसँग धरान १३ मा लुगा सिलाउने एउटा कल ९मेसिन० राखेर टेलरिङ व्यावसाय गरी जीविका चलाउँदै आएकी थिइन् ।
उषाको मृत्युपछि उनका देवरले किटानी जाहेरी दिएका थिए । पक्राउ परेका महिलाहरूमध्ये तीन जनालाई घटनास्थिति मुचुल्का र प्रत्यक्षदर्शी, दृश्य सामग्रीलगायत आधारमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । तीनै जनालाई झुम्का कारागारमा पुर्पक्षका लागि पठाइएको छ ।
उषाको प्रारम्भीक पोष्टमार्टम रिपोर्ट आए पनि भिसेराको रिपोर्ट आउन बाँकी छ । जाहेरी दिएकामध्ये ३ जना महिलाहरू निरकुमारी गुरुङ, सृजना राई र मीना राई अझै फरार छन् ।