Advertisement
Advertisement
Advertisement
Advertisement

उपचार नपाउँदा बाजुरामा १६ वर्षिया सुत्केरीको मृत्यु

  |      12:07:00   |  
वेब तस्विर
वेब तस्विर

असोज ६, बाजुरा। उत्तरी भेगमा रहेको कोल्टीमा प्रसूति गराउन ल्याइएकी हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा विकको उपचार हुन नसकी ज्यान गएको छ । 

प्रसूति व्यथा लागेको पाँच दिनपछि स्वास्थ्य संस्थामा पुर्याएइकी सिद्धा विवाहिता भने हैनन् । उनकै गाउँकै श्रीचन्द्र रोकाया आफूबाट गर्भ रहेको थाहा पाएपछि भारत गएको मृतकका भाइ प्रशामले बताए ।

विकले भने, ‘यहाँ शल्यक्रिया हुँदैन चिकित्सकले भनेपछि छाँगाबाट खसेजस्तै भयौँ । जहाज आउला भनेर रातभर देउता सम्झियौँ तर जहाज नआएपछि दिदीको ज्यान गयो।’ 

 

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा विजयकुमार शाहका अनुसार मृतकको पाठेघरको मुखमा ट्युमर भएको थियो । यहाँ आकस्मिक प्रसूति सेवा थिएन । शल्यक्रिया गर्न पनि सकिँदैन थियो । केन्द्रसँग भएको भिडियो एक्सरे पनि पूर्ण रुपमा बिग्रिएको थियो । 

 

जिल्लामा आकस्मिक प्रसूति केन्द्र सदरमुकाम मार्तडीमा मात्र छ । सदरमुकाम मार्तडीबाट कोल्टी दुई दिनको पैदल दूरीमा पर्छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवाका लागि पटक पटक माग गर्दासमेत स्थापना हुन सकेको छैन । डा शाहले आफुहरुले आकस्मिक प्रसूति गराउने तालिम समेत नपाएका कारण कठिन भएको बताए । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement