भदौ १५, काठमाडौं । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिवासकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार भएको छ ।
सामान्य रुपमा बच्चा जन्माउन नसकेपछि २२ बर्षिया रितु गुरुङलाई वुधवार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
गाउँपालिकाका प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठका अनुसार उनी मंगलवारदेखि नै सिर्दिवास स्वास्थ्यचौकीमा भर्ना भएर बसेकी थिइन् ।
‘अघिल्लो दिनदेखि नै व्यथा लागेर स्वास्थ्य संस्थामा भर्ना भएर बस्नु भएको रहेछ,’ उनले भने, ‘भोलिपल्टसम्म पनि बच्चा जन्माउन नसकेपछि दिउँसो करिव साढे चार बजेतिर हामीलाई खवर भयो, तत्काल हामीले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्यौ, ६ बजे हेलि आएर उद्धार गर्यो।’
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत उद्धार भएकी ती महिलालाई काठमाडौ लगिएको उनले जानकारी दिए । सिर्दिवास स्वास्थ्यचौकीका इन्चार्ज सचिता पौडेलका अनुसार ती महिलाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ ।
आमा र बच्चा दुवैका स्वास्थ्य अवस्था सामान्य समेत रहेको उनले बताइन् ।
अनलाइनखबर
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...