Advertisement
Advertisement
Advertisement
Advertisement

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ, अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

  |      10:21:00   |  
इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ, अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

मंसिर १०,काठमाडौं ।अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । 

डलरको भाउले एकपछि अर्को गर्दै नयाँ नयाँ उचाईको रेकर्ड बनाइरहेको हो । 

नोभेम्बर २३ र २५ मा कायम सर्वाधिक मूल्यको रेकर्ड समेत तोडिएको छ । यी दुवै दिन अमेरिकी डलरको भाउ क्रमशः १३३.६८ र १३३.६६ रुपैयाँ पुगेको थियो । 

डलरको भाउले आइतबार नोभेम्बर २३ को रेकर्डलाई समेत ब्रेक गरी नयाँ उचाई बनाएको हो । आइतबारका लागि राष्टबैंकले अमेरिकी डलरको खरीद दर रु.१३३.१ तथा बिक्रीदर १३३.७ रुपैयाँ तोकेको छ । 

नेपाली रुपैयाँ यति साह्रो अवमूल्यन हालसम्म परेको थिएन । 

अमेरिकी डलरसँगै यूरोपियन यूरो, यूके पाउण्ड स्टर्लिङ, अस्टेयिन, सिंगापुर, क्यानेडियन डलरको भाउ समेत सर्वाधिक महंगो भएको छ । 

अमेरिकी र अन्य मुख्य मुद्रासँग नेपाली रुपैयाँको अवमूल्यन बढ्दै जाँदा नेपालजस्तो कमजोर आर्थिक अवस्था भएको तथा आयात व्यापारमा निर्भर अर्थतन्त्रका लागि निकै ठूलो सकस हुन्छ । तर, नेपाल भित्रिने रेमिटान्समा भने निकै ठूलो टेवा पुग्छ । सरकारले अन्तराष्ट्रिय निकाय तथा नियोगहरुबाट लिने ऋण अमेरिकी लगायत  विभिन्न डलरमै स्वीकार गर्ने भएकोले यसको भाउ बढ्दा ऋण तथा त्यसको नियमित ब्याज तिर्न सकस पर्छ । डलर महङ्गिँदा त्यस्तो लागत बढ्न जान्छ । 

विभिन्न देशबाट विभिन्न सामान आयात गर्दा डलर नै चाहिने भएकोले त्यस्तो आयात महङ्गो पर्न जान्छ । जसका कारण नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्र सकसमा पर्नसक्छ । 

तर, नेपाली अर्थतन्त्रको मेरुदण्ड रेमिटान्स पनि भएकोले त्यसमा पनि टेवा पुग्नेछ । विभिन्न देशमा काम गर्ने नेपाली कामदारहरुले डलरमै भुक्तानी पाउने भएकोले उनीहरुले नेपाल पैसा पठाउँदा त्यो बढ्न पुग्छ ।

हुन त नेपाली रुपैयाँको अमेरिकी डलरसँग सोझो सम्बन्ध भने छैन । भारतीय रुपैयाँसँगको विनिमय दरका आधारमा अमेरिकी डलरको विनिमय दर निर्धारण हुने गर्छ । यसको अर्थ भारतीय रुपैयाँ जति कमजोर भयो त्यसले नेपाली रुपैयाँलाई थप कमजोर बनाउँछ भने भारु बलियो बन्दा नेपाली रुपैयाँ पनि बलियो बन्न पुग्छ । भारु १०० को नेपाली रुपैयाँसँगको विनिमय दर रु.१६० रहेको छ । लामो समयदेखि भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement