Advertisement
Advertisement
Advertisement
Advertisement

आरजुले रोजिन् कृषि समितिको सभापति

  |      13:13:00   |  
आरजुले रोजिन् कृषि समितिको सभापति

भदौ १२,काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाकृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन्  ।

सभापति भएपछि उनले सबैसँग समन्वय गरेर समितिलाई प्रभावकारी बनाउने बताएकी छन् । आरजुले भनिन्, ‘जति पनि माननीय हुनुहुन्छ, आफ्नो एरियामा पोख्त, ज्ञानी, अनुभवी हुनुहुन्छ । त्यही कारणले सभापतित्व गर्न जमर्को गरेकी हुँ ।’

तर राज्यमन्त्रीसरहको संसदीय समिति सभापतिमा आरजुको रुची यतिमा मात्र सीमित नभएको कांग्रेस नेताहरु बताउँछन् । उनीहरुका अनुसार कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुलाई कांग्रेसमा ‘नेता’का रुपमा स्थापित गर्ने प्रयास निरन्तर भइरहेको छ । त्यही क्रममा यो पटक उनलाई संसदीय समितिको सभापति बनाइएको हो ।

निकटवर्तीहरुका अनुसार देउवा आफू पार्टी नेतृत्वमै रहेका बेला आरजुलाई पार्टीमा स्थापित गर्न चाहन्छन् । तर १५औं महाधिवेशनमा एकै पटक पदाधिकारीमा अगाडि सार्दा स्वीकार्यता हुन्न भन्ने देउवा र आरजु दुबैले बुझेका छन् । उनले संसदको यो कार्यकालमा केही काम गरेर आफ्नो स्वीकारोक्ति बढाउन बाटो रोजिन्, जसका लागि संसदीय समितिको सभापति उपयुक्त थियो ।

एक सांसद भन्छन्, ‘हिजो गगन थापा, रवीन्द्र अधिकारीहरुले संसदीय समितिको नेतृत्व गरेर आफ्नो छवि बनाएका थए । अब आरजुलाई पनि त्यो अवसर बन्नसक्छ ।’

कांग्रेसका एक सांसदका अनुसार सुरुमा आरजुको रुची सार्वजनिक लेखा समितितिर देखिएको थियो । तर त्यहाँ बस्दा थप विवादमा पर्ने देखेपछि उनी कृषि समितिको सदस्य भइन् । संसदीय समितिहरुको सभापति भागवण्डामा कृषि समिति कांग्रेसले पाएपछि उनले सभापति बन्ने चाहना राखिन् ।

ग्रेस सांसद बलायर पनि आफूहरुले सभापति भएर नेतृत्व गर्नुस् भनेर आग्रह गरेको बताउँछन् । ‘उहाँलाई जसरी बद्नाम गराउन खोजिएको छ, त्यो होइन’ उनले अनलाइनखबरसँग भने, ‘हामीले नै उहाँलाई नेतृत्व लिन आग्रह गरेका हौं ।’

यसअघि पनि यो समितिमा सदस्य भइसकेका बलायरका अनुसार कृषि समितिले जलवायु परिर्वतन लगायतका मुद्दामा अन्तर्राष्ट्रिय समुदायसँग समेत काम गर्नुपर्छ । त्यसका लागि आरजु उपयुक्त भएकाले नै आग्रह गरेको बलायर बताउँछन् । सभापतिमा आरजुको प्रस्तावक बसेका कांग्रेस सांसद बलायर भन्छन्, ‘यो उहाँको चाहना मात्र होइन, समितिको आवश्यकता पनि हो ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement