पुष ४, काठमाडौं । इलन मस्कले कम्पनीबाट महिलाहरुलाई एकएक गरि निकालेको भन्दै दुइ महिलाहरु अदालत पुगेका छन् । उनले कम्पनीमा धेरै परिर्वतन ल्याइरहेका छन् । भेरिफाइड अकाउन्ट र ब्लुटीकलाई लिएर अलग नियम बनाउन लागेको बताइन्छ । सो क्रममा कम्पनीका महिलाहरुले लिङग्को आधारमा भेदभाव भएको भन्दै मस्कमाथी आलोचना गरिरहेका छन् । उनको व्यवहार नै महिला विराधी भएको आलोचक महिलाहरुको जिकिर छ ।
अघिल्लो वर्षको अक्टुवरमा मस्कले ट्विट गरेका थिए । उनले लेखेका थिए– ‘म नयाँ युनिर्भसिटी टेक्सस्मा इन्स्टीच्युट अफ टेक्नोलोजी एण्ड साइन्स सुरु गर्ने सोचीरहेको छु ।' यो ट्विटलाई लिएर महिलाहरुले असहमति जनाएका थिए । उनीहरुको विचारमा युनिर्भसिटीका लागि जुन नाम दिइएको छ त्यो महिलाहरुको अपमान गर्नु हो । उनले जुन नाम लेखेका थिए त्यो अंग्रेजी बोलीचालीको भाषामा महिलाहरुको अंग विशेष बोल्नको लागि प्रयोग गरिन्छ ।
त्यस्तै, मस्कले ट्विटर डिलको समयमा कारा स्विसर नामकी एक महिला पत्रकारलाई गरेका थिए । काराले पोडकास्टमा यो कुरालाई उठाएकी थिइन् । स्विसरले ९० दशकबाट मस्कका विषयमा नियमित लेखिरहेकी थिइन् । यी सबै कुरालाई आकलन गरेर हेर्दा कतै मस्क महिला विरोधी तै हैनन् भन्ने खालका तर्कहरु बाहिरिन थालेको सञ्चारमाध्यमहरुले बताइरहेका छन् ।