Advertisement
Advertisement
Advertisement
Advertisement

फुपूको छोरा भन्दै परपुरुषसँग साथी जिम्मा लगाउने किशोरीसहित दुई जना पक्राउ

  |      20:44:00   |  
फुपूको छोरा भन्दै परपुरुषसँग साथी जिम्मा लगाउने किशोरीसहित दुई जना पक्राउ

सुरुङ्गा (झापा) । आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जनालाई बिर्तामोड इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । 

सो घटनामा बाह्रदशी गाउँपालिका–५ निवासी अञ्जना खरेल र सोही गाउँपालिका–६ डाँगीवारी निवासी जीवन भनिने घनश्याम उप्रेती पक्राउ परेका हुन् । खरेलले उप्रेतीलाई फुपूको छोरा भन्दै चिनजान गराएको र उप्रेतीको कोठा पुर्‍याएपछि आफूमाथि अनैतिक कार्य गरेको पीडित किशोरीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गत साउन ३ गते पीडित किशोरी परीक्षा दिन बिर्तामोड आएको समयमा उनकै साथी अञ्जनाले फुपूको छोरा भन्दै उप्रेतीसँग चिनजान गराएको र बिरामी काकीको मनमोहन अस्पतालमा उपचार भइरहेकाले सबैजना अस्पताल जाने भन्दै आफूलाई कोठामा राखेको उनको आरोप छ । 

"लामो समयसम्म खरेलले फुफू भनिएकी महिला कोठामा नआएपछि म कोठामा बस्न मानिनँ," पीडित युवतीले भनिन्, "म कोठाबाट भाग्छु जस्तो लागेपछि उनीहरुले मलाई अस्पताल लाने बहानामा फिल्म देखाउन कृष्ण हल पुर्‍याएर । मैले परीक्षा छ भन्दै फिल्म हेर्न नमानेपछि उनीहरु दुवैले मलाई कोठामा लगेर बन्धक बनाएर राखे ।" 

दुवैको सल्लाहबमोजिम मोबाइलसमेत खोसेर मलाई बन्धक बनाएपछि कसैलाई खबर गर्न नपाएको र ४ गते आफूले काम गर्ने संस्थाको सरको सहयोगमा इलाका प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिए पीडित किशोरीले भनिन्, "साथीले चिनाएको फुपूको छोरा राक्षस रहेछ मुस्किलले त्यो रात ज्यान जोगाएँ ।"

पक्राउ परेकी किशोरीले जीवन आफ्नो फुपूको छोरा नभएको अनुसन्धानका क्रममा प्रहरीलाई बताएको प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिए । उनका अनुसार पीडित किशोरीको उजुरीका आधारमा जीवन र अञ्जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement