Advertisement
Advertisement
Advertisement
Advertisement

आफैंलाई आगो लगाएका प्रेमप्रसादले डा. तोसिमालाई पनि गरेका थिए सम्बोधन

  |      16:54:00   |  
web image
web image

माघ ११, काठमाडौं । मंगलबार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि एक जना व्यक्तिले आफैंलाई आगो लगाए । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किएलगत्तै उनले मुल सडकमा आफैंलाई आगो लगाए ।

प्रहरीले तत्काल उद्दार गरेर उनलाई कीर्तिपुर अस्पतालको बर्न बार्डमा पुर्‍याए । अस्पतालमा भर्ना गरेपछि थाहा भयो, उनी इलामका सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्य सन्तोष रहेछन् ।

चिकित्सकहरुका अनुसार अस्पताल पुर्‍याउँदा उनको शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान निधन भएको छ ।

आत्मदाहअघि सामाजिक सञ्जाल फेसबुकमा लामो नोट लेखेको सार्वजनिक भयो । नोटमा रंगिन सपना बुनेर परिवार, समाज र देशप्रतिको जिम्मेवार बहन गर्दै जाँदा अनेकौं ठक्कर खानु परेको उल्लेख छ । वैदेशिक रोजगारीमा जाँदादेखि उद्योग चलाउँदा भोग्नु परेको समस्या र त्यसबाट पाएको शून्य उपलब्धी पाएको उनले उल्लेख गरेका छन् ।

आफ्नो आत्मवृत्तान्त र असफलताको कथा भन्दै लेखेको लामो स्ट्याटसमा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई पनि सम्बोधन गरेका थिए ।

‘देश चलाउने हुटहुटीमा सत्तामा पुगेका नयाँ पार्टी तथा नयाँ सांसद् रवि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोविता गौतम, गगन थापा, विश्वप्रकाश शर्मा, योगश भट्टराई, तोसिमा कार्की लगायत तमाम नयाँ अनुहारहरुलाई विन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिष्पर्धा होइन, कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस्’, उनले भनेका छन् ।

हाल स्वास्थ्य राज्य मन्त्री समेत रहेकी कार्की उनको स्ट्याटस पढेलगत्तै मंगलबार बेलुकी कीर्तिपुर अस्पताल पुगेकी थिइन् । स्वयम् पनि जनरल सर्जन रहेकी उनले आचार्यलाई ‘नयाँ सरकरा बनेको थियो, केही न केही उपाय खोज्थ्यौं । किन यस्तो निर्णय लिनु भयो रु’ भन्दै प्रश्न गरेकी थिइन् ।

प्रस्तुत छ, डा. तोसिमा अस्पतालमा पुग्दा आचार्यसँग भएको कुराकानीको 

डा. तोसिमा स् प्रेम दाई, म आएको छु है, डाक्टर तोसिमा कार्की ।

आचार्यः मैले चिनेँ ।

डा. तोसिमा स् अनि किन यस्तो गुर्न भएको छ तपाईंले रु मेरो नाम पनि लेख्नु भएको रहेछ १

आचार्य स् मैले लेखेको छु, हजुरलाई पनि सम्बोधन गरेको छु । मैले सबै भोगाइहरु लेखेको छु । उद्यम गर्न खोजे । प्रगति गर्न खोजेँ । ट्याक्सको कुराहरु हेर्नुस् ।

डा. तोसिमा स् मैले पूरा पढेँ तपाईंको स्ट्याटस, हेर्नुस् त तपाईंले के गर्नु भएको यस्तो । हामी थियौं नि १ राज्य छ नि तपाईंहरुका लागि १

आचार्य स् कसैले सुन्दैन । योभन्दा भएको कसैले सुन्दैन ।

डा. तोसिमा स् हाम्रो नयाँ सरकार बनेको थियो, आउनु पथ्र्यौ । केही न केही उपाय खोज्थ्यौं ।

त्यसपछि आचार्यले बोलेको प्रष्ट बुझिँदैन । अहिलेसम्म राम्रो होस छ, नआत्तिनुस् न भन्दा आचार्यले ‘पेन किलर’ लगाइदिन भन्छन् । त्यसपछि उनले ‘रवि सरलाई पनि भन्दिनुस्’ भन्छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement