बुटवल । युवायुवतीवीच प्रेम हुनु र टुट्नु सामान्य घटना हो । एकजनाले चाहेर मात्रै प्रेम हुँदैन । प्रेमका लागि दुबैले चाहनुपर्छ । आफूले चाहेअनुसार भएन भन्दैमा अर्को पक्षलाई दुःख दिनु प्रेम होइन । साँचो प्रेमी त त्यो हो, जसले अर्को पक्षलाई पाउने स्थिति भए पनिर नभए पनि उसलाई दुःख दिँदैन । बरु, जीवनभर खुशी भएको, हाँसेको हेर्न चाहन्छ ।
धादिङ नौबिसे९१ घर भएका २८ वर्षीय सुनिल कोइराला प्रेमका नाममा कलंक सावित भएका छन् । कोइरालाले आइतबार राति आफ्नी ‘प्रेमिका’ लाई बुटवलको एक होटलमा बोलाएर मध्यरातमा एसिड खन्याए । उपचारका क्रममा सोमबार बिहान पीडित युवती तुलसा सापकोटाको मृत्यु भयो । प्रहरीका अनुसार धादिङका सुनिल कोइराला नवलपरासी गौंडाकोटकी २७ वर्षीया तुलसा सापकोटासँग विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । सुनील र तुलसा आइतबार राति बुटवल९६ स्थित मेरिडियन होटलमा सँगै बास बस्न पुगेका थिए ।
रुपन्देहीका डीएसपी बेलबहादुर पाण्डेका अनुसार सुनिलले कोठा नम्बर १०३ बुकिङ गरेका थिए । त्यो रात तुलसा र सुनिलले सँगै खाना खाएका थिए । खाना खाइसकेपछि उनीहरु एउटै रुममा पसेका थिए । राति उनीहरुवीच खटपटी भयो र सुनिलले तुलसाको शरीरमा तेजाब खन्याए । कोठामा पहिल्यै तेजाबको इन्तिजाम गरिएको देख्दा सुनिल नियोजित रुपमै अपराधको मानसिकता बोकेर होटमा पुगेका थिए ।
राति तुलसाले चिच्याउँदै गुहार मागेपछि मागेपछि होटलका स्टाफहरुले सबै ढोकाहरु बन्द गरे । र, सुनिललाई पक्राउ गर्न सफल भए । त्यसपछि उनलाई प्रहरीको जिम्मा लगाइदिए ।होटलको कोठा नं १०४ मा तुलसा सापकोटाकी सानीमा देवी खरेल पनि बास बसेकी थिइन् । काठमाडौं९७ चाबहिल बस्ने ४० वर्षीया खरेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीका अनुसार युवकले एसिड हानेको स्वीकार गरेका छन् । आफूहरु केही वर्षदेखि प्रेममा रहेको र अहिले आफूलाई छाडेर अर्कैलाई रोजेपछि एसिड हानेको कोइरालाको वयान छ ।
तुलसाको अनुहार, टाउको, र शरीरका विभिन्न भागमा एसिड लागेको थियो । लुम्बिनी अञ्चल अस्पताल बुटवल र भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने क्रममा उनको मृत्यु भएको डीएसपी बेलबहादुर पाण्डेको भनाइ छ । तुलसालाई सोमबार काठमाडौं लैजाने तयारी गरिँदै थियो, तर उनको बुटवलमै मृत्यु भयो ।युवायुवतीहरु अहिले ‘भ्यालेन्टाइन डे’ का लागि प्रेमी९प्रेमिकालाई के उपहार दिने भनेर सोचिरहेका छन् । तर, सुनिल कोइरालाले भने प्रेमजस्तो पवित्र सम्बन्धलाई अपवित्र बनाइदिएका छन् ।
आफूले चाहेकी तुलसाले अर्कैलाई रोजेको हुनाले एसिड प्रहार गरेको कोइरालाले बताए पनि प्रेममा यस्तो बदलाको भावना कदापि स्वीकार्य हुँदैन । अब यो कुरा सुनिलले पक्कै पनि जन्मकैद भुक्तानीका क्रममा जेलभित्र पुगेपछि महसुस गर्ने छन् । तर, त्यो महसुस गराइ उनका लागि धेरै ढीलो भइसक्ने छ । एउटा सानो आवेगका कारण मानिसले कसरी पछुताउनुपर्दोरहेछ भन्ने यो घटनाबाट सुनिल कोइरालाले मात्रै होइन, अरु ‘प्रेमी’ हरुले पनि पाठ सिक्दा फरक पर्दैन । अनलाइनखबर प्रकाशित ।
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...
चैत १८ काठमाडौं । जलेश्वरमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । जलेश्वर...
चैत १५ काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि निर्घात...