Advertisement
Advertisement
Advertisement
Advertisement

आफनो भूमिका नसमेटिएको भन्दै मन्त्री रेग्मीले गरिन् कोप-२७ समीक्षा बहिष्कार

  |      18:53:00   |  
web image
web image

मंसिर १३, काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीकै नेतृत्वमा नेपाली टोलीले कात्तिक २० देखि मंसिर २ गतेसम्म इजिप्टको शर्म अल शेखमा भएको राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२७) मा भाग लिएकाले मन्त्रालयले समीक्षामा मन्त्री रेग्मीलाई प्रमुख अतिथिकै रुपमा निम्ता गरेको थियो । कोप सकिएपछि हरेक वर्ष मन्त्रालयले समीक्षा आयोजना गर्छ, त्यो नयाँ भएन । समीक्षा कार्यक्रम सुरु गरे-मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख रहेका जलवायु फोकल पर्सन बुद्धिसागर पौडेलले । सँगै ‘कोप-२७ का उपलब्धि र अबको बाटो’ बारे प्रस्तुति दिन थाले ।

प्रस्तुतिका क्रममा पौडेलले कोपमा जानुअघि काठमाडौंमा भएका तयारी बैठक, ग्लास्गो सम्मेलन (कोप २६) पछि मन्त्रालयले गरेका काम, कोप-२७ मा नेपालले अघि सार्ने विषयको फेहरिस्त र नेपालले तयार गरेको ‘स्टाटस पेपर’बारे जानकारी गराए ।

दोस्रो चरणमा शर्म अल शेखमा नेपालको व्यस्तता (इङ्गेजमेन्ट) बारे बयान सुरु गरे । मन्त्री रेग्मीले चाखपूर्वक पौडेलको प्रस्तुति सुनिरहेकी थिइन् । प्रस्तुतिका क्रममा उनले कोप-२७ मा मन्त्रालयबाट सहभागी सचिव कँडेल, सरकारका अन्य सचिवहरु, सहसचिवहरु, वन मन्त्रालयका उपसचिवलगायत केही विज्ञका भूमिकाबारे पनि सुनाए ।

तर, उनले कोप-२७ मा नेपाली टोलीको नेतृत्व गरेकी मन्त्री रेग्मीको भूमिकाबारे प्रस्तुतिमा कुनै स्थान दिएनन् । वन तथा वातावरणमन्त्रीको समेत जिम्मा सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहनाअनुसार रेग्मीलाई टोलीको नेतृत्व गर्दै शर्म अल शेख पठाइएको थियो ।

कोप-२७ को उच्चस्तरीय सत्रमा राष्ट्र प्रमुख र कार्यकारीले सम्बोधन गर्ने कार्यक्रम थियो, मन्त्रीहरुले त्यहाँ बोल्न पाउने व्यवस्था थिएन, त्यही भएर मन्त्री रेग्मीले मूल समारोह (मेन इभेन्ट)मा मन्तव्य दिने अवसर पाइनन् । त्यसमा उनी खिन्न भइरहेकी थिइन् ।

तर, मन्त्रालयकै पहलमा केही साइड इभेन्ट र दक्षिण एसियाली मन्त्रीहरुको बैठकलगायतमा मन्त्रीले सम्बोधन गरेकी थिइन् । तर, पौडेलको प्रस्तुतिमा कोप-२७ मा मन्त्रीको भूमिका केही समेटिएको थिएन । केवल सरकारी अधिकारीले खेलेको भूमिका र उनीहरुको मात्र गुणगान गाएको आभास मन्त्री रेग्मीलाई भयो ।

सबै सुनेर बसेकी मन्त्री रेग्मीले रीस थाम्न सकिनन्, अनि माइक समातेर बोल्न थालिन् । ‘कोपमा मैले खेलेको भूमिका किन प्रस्तुतिमा समेटिएन ?, मन्त्री रेग्मीले प्रश्न गरिन्, ‘के मेरो कुनै भूमिका थिएन कोपमा कि मलाई हेपेको ?' प्रस्तुतिमा सरकारका कर्मचारीका विषयले मात्र स्थान पाएकामा मन्त्री रेग्मीको मुख्य गुनासो थियो । ‘सबैतिर कर्मचारीतन्त्र हाबी हुने ?’, उनले प्रश्न गरिन्, ‘प्रधानमन्त्रीज्यूले मलाई कुनै काम नभएर पठाउनुभएको हो ?’

कोप बसाईका क्रममा आफूले विषयवस्तुसँग सम्बन्धित भएर गरेका समकक्षी भेट, छलफल र अन्य सम्बोधनलाई कुनै उपलब्धि नभनिएकामा मन्त्रीको गुनासो थियो । ‘तपाईंहरुले जानाजान अवमूल्यन (अन्डर स्टीमेट) गर्नुभयो, कहीं महिला भनेर हेप्नु भएको त होइन रु’ मन्त्री रेग्मीको गुनासो थियो, ‘यस्तो कार्यक्रममा म बस्दिनँ र यो कार्यक्रमको भर्त्सना गर्छु ।’

मन्त्रालयका अधिकारीले गल्ती भएको भन्दै मन्त्रीलाई रोक्न खोजे पनि उनी आफ्ना गुनासा पोखेर कार्यक्रमबाट बाहिरिइन् । सचिव कँडेल र महाशाखा प्रमुख पौडेलले उनलाई रोक्न सकेनन् । कार्यक्रमको समीक्षा चलिरह्यो । मन्त्रालयमा सुविधायुक्त हल हुँदाहुँदै मन्त्रालयले सिंहदरबार ढोकैमा रहेको बुटिक होटलमा समीक्षा आयोजना गरेको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement