कार्तिक १२, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला फाइनल्ड गोल्ड १ लाख १७ हजार रुपयाँ र तेजबी गोल्ड १ लाख १६ हजार ५० रुपयाँ कायम रहेको छ ।
गत शनिबार सुनको भाउ १ हजारले बढेको थियो । यो दिन प्रतितोला फाइनल्ड गोल्ड १ लाख १७ हजार रुपयाँ र तेजबी गोल्ड १ लाख १६ हजार ५० रुपयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा १ हजार ४१५ रुपैयाँमा किनबेच भएको छ।