पुस १, काठमाडौं। नेपाली बजारमा सुनको मूल्यआज मंगलबार तोलमा ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला रु ५ले बढेर १ हजार ४६०रुपयाँमा कारोबार भइरहेको छ ।