फागुन २४, काठमाडौं । हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाइने गरिंदै आएको छ । 'लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार' भन्ने नारा लिएर नेपालमा पनि आज ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ।
आज नारी दिवस भन्ने कि महिला श्रमिक दिवस शब्दमा जे भने पनि यस दिनलाई नारीको त्याग र समाजप्रतिको बलिदानको सम्झनाको दिनको रूपमा लिइन्छ । त्यसैले मार्च ८ लाई महिलाहरूप्रतिको प्रेम, प्रशंसा, आदर र सम्मानको दिनको रूपमा संसारभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ ।
नारी वास्तवमै घर, परिवार, समाज, राष्ट्र अनि समग्र संसारकै ऐश्वर्यकी सर्जक हुन् । नारी त्यो शक्ति हो, जसले आफू छोरी, दिदी(बहिनी, बुहारी, आमा, हजुरआमा आदिको रूपमा आफ्नो हरेक इच्छा, आकांक्षालाई पछि सारेर घर/परिवारको उन्नति र प्रगतिको लागि त्याग गरेकी हुन्छिन् । आफ्नो परिवारको वैभव र ऐश्वर्यका लागि हरपल प्रयासरत रहन्छिन् । घरपरिवारलगायत समाजको साथै राष्ट्रको प्रगतिमा नारीको सधैं महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
वैशाख १८,काठमाडौं । कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक...
वैशाख १८,काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले...
वैशाख १८,काठमाडौं । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– ४ निगालीटोल बस्ने २२...
वैशाख १८,काठमाडौं । काठमाडौं महानगरपालिका–८ गुहेश्वरी पञ्चकुमारी मार्ग नजिक सडक...
वैशाख १७,काठमाडौं । विराटनगरमा एक जना भारतीय युवती नक्कली भारतीय नोट सहित पक्राउ परेकी छन ।...
वैशाख १७,काठमाडौं ।भारतको गोखरपुरमा एक युवकले शंकाको भरमा पत्नीको हत्या गर्नुका साथै दाइमाथि...
वैशाख १७,काठमाडौं । दक्षिण कोरियाको मोक्पो शहर नजिक यङआम भन्ने स्थानमा रहेको एउटा बंगुर...
वैशाख १७,काठमाडौं । राजावादीको चैत १५ को प्रदर्शनमा गोली लागेर घाइते भएका ३ जना अझै...
वैशाख १७ काठमाडौं । कोलकाताको फालपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा...