भदौ १०,काठमाडौं । अरिङालले चिलेर एक बालिकाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छाकी ३ वर्षीया प्रतिमा राईको मंगलबार मृत्यु भएको हो ।
दिदीहरुसँग बिहान विद्यालय जाँदै गर्दा उनलाई अरिङालले चिलेको थियो । उनी अरिङालले चिलेर घाइते भएकी थिइन ।
उनलाई उपचारका लागि दिक्तेल अस्पताल लगिएको थियो । उपचारका क्रममा दिउँसो साढे २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टिकाराम बरालले जानकारी दिए ।