मंसिर १७, काठमाडौं । नेपाल सरकारका संञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले अभिव्यक्ति स्वतन्त्रा लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको बताउँदै अभिव्यक्त कुराहरू सत्यतथ्य आधारित हुनुपर्नेमा जोड दिइन् ।
रूकुम पश्चिमको सदरमुकाम खलंगामा आइतबार आयोजित पत्रकार भेटघाटमा बोल्दै शर्माले गलत र मिथ्या सूचनाबाट जोगिन र जोगाउन अनुरोध समेत गरेकी छिन् ।
भूकम्प जस्तो महाविपत्तिका बेला स्थानीय सरकारले देखाएको सक्रियताको प्रशंसा गर्दै संञ्चारमन्त्री शर्माले भूकम्प प्रभावित जनताको पीडा कम गर्न सरकार गम्भीर भएर लागेको र अस्थायी आवास निर्माणको कामलाई द्रुत गतिमा अगाडी बढाउएको जनाइन् ।
भूकम्प प्रभावित क्षेत्रबाट सूचना र समाचार सम्प्रेषण गर्न संचारकर्मीले खेलेको भूमिकालाई समेत आफूले सकरात्मक रूपमा लिएको भन्दै मन्त्री शर्माले समाचारको गुणस्तर तथा सक्षम एवं सुरक्षित पत्रकारिता क्षेत्र निर्माणका लागि सरकार गम्भीर रहेको पनि दाबी गरिन् ।