Advertisement
Advertisement
Advertisement
Advertisement

अभिनेता पल शाह विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन

  |      14:09:00   |  
web image
web image

१९ फागुन, पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पल शाह (पूर्णविक्रम) लाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ ।

न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले शुक्रबार उच्च अदालत पोखरामा १ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।

 

उच्च अदालतले यौन दुर्व्यवहारलाई सामन्यिकरण गरेको भन्दै उच्च अदालत पोखराको प्रवेशद्धारमा केही युवायुववती भेला भएर प्रदर्शन गरे ।

विरोध प्रदर्शनमा सहभागीले ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन’, ‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले नै अन्याय गर्दा न्यायको अपील कहाँ गर्ने रु’ ‘पोलेर बोलेको’, ‘बलत्कारलाई प्रवद्र्धन गर्ने संस्कार बन्द गरौं’, लगायतको पम्पलेट बोकेका थिए । 

 

न्यायालयबाटै पीडितलाई थप पीडा हुने निर्णय भएकाले आफूहरुले राज्यको खबरदारी गर्न शान्तिपूर्ण प्रदर्शन गरेको अभियान्ता सलिजा श्रेष्ठले बताइन् । ‘नवलपूर जिल्ला अदालतले बाल यौन दुराचारको अभियोगमा साढे २ वर्षको सजायको फैसला सुनाएको थियो । तर, यहाँबाट त्यो फैसलालाई बदर गरियो,’ उनले भनिन्, ‘यदि उहाँ गलत हुनुहुन्थेन भने बालयौन दुराचार अभियोग पनि लाउने थिएन नि, हामी जवाफ चाहन्छौं ।’

 

अर्की अभियान्ता रिसु थापामगरले न्यायालयबाटै गलत नजीर प्रतिपादन हुने डर भएको बताइन् । ‘यो एउटामात्रै केस होइन । अब यसरी आफूविरुद्धको हिंसाबारे खुलाउन पनि डर लाग्ने स्थिति भइसक्यो,’ उनले भनिन्, ‘गलत नजीर नबसोस् भन्नका लागि पनि प्रदर्शन गरेका हौं ।’

 

उच्च अदालतबाट आइतबार बाल यौन दुरुपयोग अभियोगमा सफाइ पाएपछि तनहुँ कारागारमा रहेका शाह सोमबार रिहाइ भइसकेका छन् ।

नाबालिग बलात्कार अभियोग लागेका शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोगमा दोषी ठहर गरेको थियो ।

 

तर उच्च अदालत पोखराका कायमुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको थियो ।

 

गम्भीर आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालतबाट सफाइ पाएसँगै कतै विरोध त कतै आलोचना भइरहेको छ ।

एक नाबालिगले अघिल्लो फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहले बलात्कार गरेको भन्दै शाहविरुद्ध उजुरी दिएका थिए ।

 

उजुरीपछि शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मासमर्पण गरेका थिए । नवलपुरमा पनि सोही मुद्दामा एकै व्यक्तिले उजुरी दिएकी थिइन् । नवलपुर अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिँदै भदौ २१ गते बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।

 

दुवै पक्षले नवलपुर अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । माघ ३ गते तनहुँ अदालतले भने शाहलाई सफाइ दिइसकेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement