Advertisement
Advertisement
Advertisement
Advertisement

अबदेखि पैसाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपर्ने डा. तोसिमाको अभिव्यक्ति

  |      18:22:00   |  
web image
web image

माघ १३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले अबदेखि पैसाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपर्ने बताएकी छिन् ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै डा. कार्कीले संविधानले नै आकस्मिक स्वास्थ्य उपचारमा कुनै पनि नागरिक वञ्चित गर्न नहुने सुनिश्चता गरेको भए पनि लागू हुन नसकेको बताइन् । तर, स्वास्थ्यलाई मौलिक हकको रुपमा सुनिश्चित गर्नका लागि थप रणनीति र कार्यविधि बनाउन लागेको उनको भनाई छ ।

‘आजसम्म आकस्मिक सेवा सुनिश्चित भइनसकेको छैन । त्यसलाई सुनिश्चित गर्नका लागि आपतकालिन तथा आकस्मिक स्वास्थ्य सेवाका रणनीति कार्यविधि बनाउँदै छौं,’ डा. कार्कीले भनिन्, ‘अस्पतालले पहिला आकस्मिक सेवामा उपचार प्रक्रिया अगाडी बढाउनुपर्ने र त्यसपछि कुन-कुन प्रक्रिया अगाडी बढाउने भन्ने बिषयमा हामीले अभ्यास गरिरहेका छौं ।’

अस्पताललले स्वास्थ्य सेवा लिँदा फर्म भराउने अनि मात्रै उपचार गर्ने प्रक्रिया रहेको भन्दै त्यसलाई अन्त्य गरिने गर्नका लागि प्रतिबद्ध रहेको मन्त्री कार्कीले बताइन् ।

त्यसैगरी,स्वास्थ राज्यमन्त्री कार्कीले मन्त्रालयले अब गर्ने कार्ययोजना बारे पनि सुनाइन् । गुणस्तरीय स्वास्थ्य आम मानिसमा कसरी पुर्‍याउने भनी कार्ययोजना बनाइरहेको बताइन् ।

त्यस्तै, एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, शिशु तथा मात्तृमृत्युदर कम गर्न सरकारले लिएको दिगो विकास लक्ष्य सफल बनाउन अभ्यास गरिरहेको उनले बताइन् ।

‘आकस्मिक सेवालाई चुस्त बनाउनका लागि एकीकृत एम्बुलेन्स स्थायी योजनालाई अगाडी बढाएका छौं । देशभर सञ्चालनमा आएका सरकारी र सामुदायिक संस्थायी योजनालाई अगाडी बढाएका छौं । देशभर सञ्चालनमा आएका सरकारी र सामुदायिक संघसंस्थाले सञ्चालनमा ल्याएका एम्बुलेन्सलाई सेन्टल पुलमा समेट्छौं,’ उनले भनिन्, ‘कुनै पनि ठाउँमा एम्बुलेन्सको आवश्यक परेमा हटलाइन डायल गर्ने बित्तिकै एम्बुलेन्स सेवा सहज रुपमा लिन सकिने छ ।’

साथै, स्वास्थ्यमा बजेट कम भएकाले त्यसलाई बढाउनका लागि प्रयास गर्ने कार्कीले बताइन् । डा. गोविन्द केसीले उठाएका मागहरु सडकबाट पनि उठाएको र सदनबाट पनि मागलाई सम्बोधन गर्ने उनले बताइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement