Advertisement
Advertisement
Advertisement
Advertisement

आत्महत्या गर्ने अहिलेसम्मकै सबैभन्दा धेरै

  |      12:30:00   |  
वेब तस्विर
वेब तस्विर

साउन १७, काठमाडौं । नेपालमा अप्राकृतिक मृत्युका कारणहरूमध्ये आत्महत्याको तथ्यांक चिन्ताजनक रहेको नेपाल प्रहरीले जनाएको छ। गत आर्थिक वर्षमा पाँच हजार भन्दा बढी मानिसहरूले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ। जुन अहिलेसम्मै उच्च रहेको प्रहरी अधिकारीहरू बताउँछन्। सामाजिक, स्वास्थ्य जस्ता विभिन्न कारणहरूले मानिसहरूले आत्महत्या गर्ने गरेको मनोविश्लेषकहरूले बताएका छन्।

 

डरलाग्दो तथ्यांक
त्यसका लागि सरकारले बेलैमा सचेतना अभियान नल्याए यो स्थिति अझ डरलाग्दो हुने मनोविश्लेषकहरूले चेतावनी दिएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरे। आर्थिक वर्ष २०७३र७४ मा ५ हजार १ सय ३१ जना मानिसले आत्महत्या गरेका थिए। जुन तथ्यांक अप्राकृतिक मृत्युका कारणका तथ्यांकमध्ये सबैभन्दा उच्च हो। अहिले आत्महत्याका घटना डरलाग्दो रुपमा बढिरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए। उनले भने, 'यो तथ्यांक एक प्रकारको डरलाग्दो देखिन्छ। यो स्वास्थ्य तथा सामाजिक समस्या हो। केही कम मात्र आपराधिक समस्या हो।'


जटिल समस्या
विश्व स्वास्थ्य संगठनका अनुसार कम आए भएका वा मध्यम आए भएका मुलुकहरूमा आत्महत्याको समस्या जटिल छ। नेपालमा अहंकारवादी आत्महत्याको प्रकृति बढेको त्रिभुवन विश्वविद्यालय मेची बहुमुखी क्याम्पस भद्रपुरका समाजशास्त्र र मानवशास्त्र विभागका अनुसन्धान विभाग प्रमुख सुशील खनाल बताउँछन्।

 

उनले भने, 'साना कुरामा चित्त नबुझाएर विवेक गुमाएर गर्ने आत्महत्याको प्रबृत्ति ज्यादा पाइन्छ नेपालमा।' आत्महत्याका विभिन्न प्रकृतिमध्ये डोरी लगाएर झुण्डिएर आत्महत्या गर्नेहरूको संख्या उच्च छ। मनोविश्लेषक वासु आचार्यका अनुसार आत्महत्या गर्नु वा गर्न खोज्नु एक किसिमको मानसिक रोग हो।

 

अभियान आवश्यक
उनले समस्या समाधानका लागि सरकारले विशेष कार्यक्रम नल्याए परिस्थिति झन् जटिल बन्नसक्ने चेतावनी दिए। प्रहरीको मात्र एकल प्रयासले आत्महत्याको दर घटाउन नसकिने प्रहरी प्रवक्ता क्षेत्रीको भनाइ छ। उनले सामुहिक प्रयासको आवश्यकतामा जोड दिएका छन्। परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवार अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषकहरू बताउँछन्।

- बीबीसीबाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement