भदौ ९ , काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजे सुरु हुने कार्यसूची छ।
प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै उनले ‘मेलमिलापसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।
त्यस्तै, मन्त्री गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा समुद्री जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता संसद्मा पेस गर्नेछिन्।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम ९निषेध तथा नियमित गर्ने० विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसैबीच, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आजका दुवै सदनका बैठकमा कानुन सुधार, मेलमिलाप, बालश्रम नियमन तथा विशेष सेवा ऐनसम्बन्धी विधेयक मुख्य एजेन्डाका रूपमा रहनेछन्।