Advertisement
Advertisement
Advertisement
Advertisement

‘हनीट्रयाप’ मा पारेर काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ

  |      11:21:00   |  
‘हनीट्रयाप’ मा पारेर काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ

वैशाख २९ काठमाडौं ।  काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा इन्स्ट्राग्राममा कुरा भएका ‘केटी साथी’लाई भेट्न जाँदा दुई जना युवक लुटिएका छन् । वैशाख २६ मा अमेरिकाको भिसा लागेर बसेका एक जना युवक र उनका साथी कलङ्कीस्थित मेन्स होटलमा लुटिएका हुन् ।
गिरोहले उनीहरूलाई दुई जना महिला प्रयोग गरेर ‘हनीट्रयाप’मा पारेर लुटपाट गरेका हुन् । गिरोहका सदस्यहरूले उनीहरूबाट ३ लाख ६३ हजार लुटेर हिँडेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । लुटमा संलग्न आरोपमा ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासीको देवचुली घर भएका सन्दीप परियार, चितवनको भरतपुर घर भएका २५ वर्षीय सन्दीप बिक, २५ वर्षीय अतीत क्षेत्री, २२ वर्षीय बादल तामाङ, गैँडाकोट घर भएका अनीश केसी, चितवनकै विवेक मल्ल ठकुरी, लमजुङ घर भएकी सक्रिया खनिया र सुनसरी घर भएर कपन बस्ने कविता राई छन् ।
टोखामा बस्दै आएका १८ वर्षीया सक्रियाले इन्स्ट्राग्राममा एक जना युवकलाई साथी बनाउँछिन् र कुरा गर्न थाल्छिन् । करिब डेढ महिनापछि भेट्न बोलाउँदै भन्छिन्, ‘कलङ्कीमा भेटौँ न ।’
युवक राजी हुन्छन् । सक्रियाले थप्छिन्, ‘म एक्लै आउँदिन कविता भन्ने मेरो एक जना साथी छ, उसलाई पनि लिएर आउँछु ।’  त्यसपछि युवक पनि अर्का साथी लिएर कलङ्की स्थित होटल मेन्समा पुग्छन् ।
होटलको रुममा पस्नासाथ आए ‘नक्कली प्रहरी’
होटल मेन्समा पुगेको केही बेरामा बाहिरबाट आवाज आयो, ‘हामी प्रहरी हौँ, ढोका खोल् ।’ ढोका खोलेपछि ४ जना पुरुषले दुई युवकको साथमा भएको मोबाइल र पैसा टेबलमा राख्न लगाए ।

फोटो खिच्दै भने, ‘हामी प्रहरी हौँ ।’ तीमध्ये एक जनाले मोबाइलमा वानएक्स बेट एप डाउनलोड गरेका रहेछन् । त्यो देखाउँदै नक्कली प्रहरीले भने, ‘अब जुवा मुद्दामा पनि फसाउँछौँ ।’

जोगिने भए आफूसँग भएको रकम दिन उनीहरूले आग्रह गरेर । अनलाइनमार्फत खाता चेक गरेर ३ लाख नगद ट्रान्सफर गरेर । अनि, ६३ हजार नगद हातमा लिएपछि भने, ‘कतै हल्ला गर्ने होइन ।’

कोठाबाट ओर्लिएपछि महिलाहरू पनि आपसमा अङ्कमाल गरेर निस्किए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement