Advertisement
Advertisement
Advertisement
Advertisement

मेयर–उपमेयर ‘टकराब’ : सुनिताको प्रतिरोध एकपछि अर्को किन ?

  |      15:56:00   |  
मेयर–उपमेयर ‘टकराब’ : सुनिताको प्रतिरोध एकपछि अर्को किन ?

वैशाख १९,काठमाडौं । करिब चार महिनादेखि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेको छैन । २०८१ पुस १४ मा १६ औँ नगरसभा बैठक बसेका थियो । 

महिनामा एकचोटि कार्यपालिका बैठक बस्दै आएको महानगरमा पछिल्लो समय मेयर बालेन्द्र साहसँग उपमेयर डङ्गोल, वडाध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबिच मतभेद बढ्दै गएपछि बैठक बसेको छैन । 

खासगरी काठमाडौँ भ्युटावरको विषयमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले अनियमितता गरेको भन्दै विवाद चर्किएपछि मेयर बालेन शाहले गुरागाईं सदस्य सचिवको रूपमा स्वीकार गरी बैठक राख्न चाहेका छैनन् । 
महानगरपालिकाले काठमाडौँ भ्युटावरको विषयमा गुरागाईंमाथि गत पुसमा छानबिन गर्न समिति गठन गरेको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए । तर उनी महानगर फर्किन सफल भए । 
स्थानीय सरकार सञ्चालन ऐनको १७ नम्बर बुँदामा कार्यपालिका बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्ने प्रावधान छ । ऐनले उक्त कार्यपालिका बैठक बोलाउने जिम्मेवारी नगरप्रमुखलाई दिएको छ ।
त्यस्तै, स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रमुख प्रशासकीय अधिकृत महानगरको कार्यपालिका बैठक र सभाका सदस्यसचिव हुन्छ, प्रमुख प्रशासकीय अधिकृतले बैठकको निर्णय लेख्ने प्रावधान छ । 

कार्यपालिका बैठक नै नबसेपछि नेपाली कांग्रेसबाट निर्वाचित १८ वडाध्यक्ष र ५ कार्यपालिका सदस्यहरूले गत २०८१ चैत १० मा मेयर शाहसँग कार्यपालिका बैठक माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । र पनि शाहले यसप्रति ध्यान दिएनन् । 

महानगरभित्र विभिन्न समस्या देखापरेका र तिनलाई समाधान गनै बैठक आवश्यक रहेको वडाअध्यक्षहरूले बताउँदै आएका छन् । 

वडाअध्यक्षहरूसँगै उपमेयर सुनिता डंगोलले पनि बैठक राख्न मेयरलाई दबाब दिइरहेकी छन् । डंगोलले तीन महिनासम्म महानगरमा हाजिर गर्न नपाएका प्रमुख प्रशासकीय अधिकृतलाई वडाध्यक्षहरूको सहयोगमा महानगरमा हाजिर गराउन नेतृत्वदायी भूमिका खेलेकी थिइन् । 

महानगरमा देखिएका समस्या समाधानमा उनले सहजीकरण गर्दै आइरहेकी छन् । दुई वर्ष मेयर शाहका काम, निर्णय र गतिविधिमा प्रतिवाद नगरेकी उपमेयर डङ्गोल अहिले भने खरो उत्रिन थालेकी छन् । 

महानगरले गरेका कामकारबाहीको पछिल्लो अवस्थाबारे पत्रकारहरूसँग शनिबार उनले तत्काल कार्यपालिका बैठक राख्नुपर्ने बताएकी थिइन् । 

त्यसक्रममा उनले कार्यपालिका बैठक नबसेकै कारण कानुनहरू समेत बनाउन नसकिएको उल्लेख गरेकी थिइन् । केही काम नभए पनि नयाँ वर्षको शुभकामना दिन भए पनि बैठक आवश्यक रहेको उनको भनाइ थियो । 

उनले भनिन्, ‘चार महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन, कसको कारण हामीले भनिरहनु परेन । जुन दिन मेयरले महानगरपालिकामा मिटिङ बसौँ भन्नुहुन्छ, बस्छ ।’

बैठक बोलाउने अधिकार मेयरलाई भएको र यो काम उपमेयरले गर्न नसक्ने बताएकी उपमेयर डंगोलले आफू कानुनभन्दा बाहिर जान नमिल्ने बताएकी थिइन् । तर उनले मेयर शाहसँगको सम्बन्ध भने पहिल्यैजस्तो रहेको र विवाद नभएको स्पष्ट पारिन् । 

‘सम्बन्ध हिजोको जस्तै छ । बेल्जियमबाट फर्केपछि उहाँसँग भेट भएको छैन, प्रयास गरिरहेको छु,’ उनले भनिन्, ‘महानगरमा एजेन्डाको चाङ लागेको छ ।’ जनताका धेरै प्रश्नको उत्तर कार्यपालिकाले दिनुपर्ने उनले बताइन् । 

‘भ्रष्टाचारका विषयमा अख्तियार किन मौन ?
उपमेयर डंगोलले महानगरमा पछिल्लो समय धेरै भ्रष्टाचारका विषय आइरहँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको गुनासो पनि गरिन् । 

काठमाडौँ भ्युटावरलगायतका विषयमा भ्रष्टाचार र अनियमितता भएका विषय आइरहँदा पनि नियामक निकाय मौन देखिएकोमा उनको असन्तुष्टि थियो । निष्पक्ष रूपमा तत्काल छानबिनको उनले माग गरिन् । 

‘अख्तियारले महानगरमा छानबिन गर्नैपर्छ । अधुरो सूचना दिएर सधैँ जनतालाई भ्रममा राखिराख्नु हुँदैन,’ उनले थपिन्, ‘महानगरमा यति धेरै फाइल छ रे १ अख्तियारले छानबिन गर्नु पर्दैन ?’ 

कुनै दबाब र प्रभावमा नपरी निष्पक्ष छानबिन गर्न पनि उनले आग्रह गरिन् । 

महानगरमा संगठित रूपमा भ्रष्टाचार भएको र त्यसको समेत अनुसन्धानको उनले माग गरिन् । महानगरको बोर्ड बैठकको भिडियो पनि एकपक्षीय र अधुरो सार्वजनिक गरिएको गुनासो गरेकी डंगोलले पूरै भिडियो बाहिर ल्याउनुपर्ने बताइन् । 

साथै उनले सामाजिक सञ्जालमा भाइरल गराइएको भिडिओ सुनियोजित भएको दाबी गरिन् । ‘म नेपालबाहिर भएकाले त्यो मिटिङमा म थिइनँ । १७ सेकेन्डको भिडिओ काटेर सुनियोजित रूपमा अहिले बाहिर ल्याएर भ्रम छर्न पाइँदैन,’ उनले भनिन्, ‘यदि त्यस्तै कुराकानी थियो भने किन अहिलेसम्म कुर्नुपर्थ्यो ? अन द स्पोट सार्वजनिक गरेर संलग्नलाई कारबाही गर्नुपर्थ्यो ।’ 

आम नागरिकले थाहा पाउनुपर्ने जिकिर गरेकी उनले उक्त भिडियोको पूरा क्लिप मगाएको बताइन् । ‘त्यो १७ सेकेन्ड अगाडि पछाडि पनि त केही कुराकानी भा’को होला । स्वयं मेयर सा’बले बैठकमा के भन्नुभयो रु मैले पूरा भिडिओ मागेको छु,’ उनले भनिन् । 

‘महानगरका समस्या बोलेर समाधान हुन्छ भने बोल्छु’ 
आफू सोच विचार गरेरै राजनीतिमा आएको बताएकी उपमेयर डंगोलले आफूबारे आइरहेका सकारात्मक-नकारात्मक टिप्पणीभन्दा माथि उठेर काम गरिरहेको उल्लेख गरिन् । 

‘हिजो मैले गरिरहेको कामलाई एम्प्लिफाई गर्न राजनीतिमा आएकी हुँ । मलाई कतिले बोलिनस् पनि भन्छन् । तर महानगरको हितमा मैले के गर्दा हुन्छ, डे वान देखि नै त्यही गर्दै आएकी छु,’ उनले भनिन्, ‘के गर्दा राम्रो हुन्छ त्यही गर्छु । बोलेर समाधान हुन्छ भने बोल्छु । नबोलेरै विवाद समाधान हुन्छ भने त्यसै पनि गर्दै आएको छु ।’

विगतमा कार्यपालिका बैठकमा विवाद हुँदा पनि आफैले समाधान गरेको उनको दाबी थियो । ‘महानगरका जनता र समस्या समाधानमा केन्द्रित भएर काम गर्दा पनि सामाजिक सञ्जालमा सुनिनसक्नु, हेरिनसक्नु खालका छन्,’ भनिन्, ‘तर त्यतातिर ध्यान दिएर हुन्न, महानगर र यहाँका जनताको हितमा काम गर्नुछ ।’

यूथ सेलिब्रेसनको भाषण कसैप्रति लक्षित थिएन
उपमेयर डंगोलले गत वैशाख ११ गते नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन आफूले गरेको भाषण कसैप्रति लक्षित नभएको पनि बताइन् । यद्यपि उक्त भाषणपछि भने उनी मेयर शाहका समर्थकको निसानामा परेकी छन् ।
जहाँ उनले ‘स्टन्ट गरेर देश बन्दैन, बन्छ रु अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजनाअनुरूप काम गर्नुपर्छ, योजना बनाउनुपर्छ ।’ भनेकी थिइन् । तर उनको भाषण मेयर शाहलक्षित थियो । 

उक्त भाषणमा उनले सामाजिक सञ्जालमा आफूलाई विरोध गर्दैमा केही फरक नपर्नेसमेत बताएकी थिइन् । 

एउटै कार्यालय, तर मेयसँग छैन भेटघाट
महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई तीन महिनापछि कार्यालयमा हाजिर गराएको र एमालेको यूथ सेलिब्रेसनको भाषणपछि मेयरसँग तिक्तता बढेको हो भन्ने प्रश्नमा उनले मेयर शाहसँगको सम्बन्ध विगतजस्तै रहेको बताइन् । 

तर शाहसँग लामो समयदेखि भेट नभएको उनले स्वीकार गरिन् । पछिल्लो समय महानगरमा देखिएका समस्या समाधान र कार्यपालिका बैठक बसाल्न भने भेट्ने प्रयास गरेको उनले सुनाइन् । 

‘न्यायिक समितिमा कुनै फाइल पेन्डिङ छैन’
उपमेयर डंगोलले आफूलाई तोकिएकोरदिइएको जिम्मेवारी सफलतापूर्वक गरिरहेको दाबी गरिन् । महानगरको न्यायिक समितिले गरेको कामले विदेशमा समेत चर्चा कमाएको उनको जिकिर थियो । आफ्नो नेतृत्वको न्यायिक समितिले गरेका काम अरूले फलो गर्ने अवस्थामा पुगेको उनले दाबी गरिन् । 

उनले अन्तर्राष्ट्रिय फोरमहरूमा  नेपालमा  निर्वाचित जनप्रतिनिधिले न्यायिक समाधान गर्ने प्रक्रियाको खुलेर प्रशंशा गरेको बताइन । उनले महानगरमा न्यायिक समितिमा कुनै फाइल नरोकिएको बताइन् । डंगोलले न्यायिक समितिमा पेण्डिङ फायल एउटै नरहेको बताइन् । उनले भनिन्,‘ इतिहासमा पहिलो पटक महानगरको न्यायिक समितिमा कुनै पनि फाइल बाँकी छैनन्। अहिलेसम्म न्यायाका  लागि  दर्ता भएका सबै फाइलहरूको न्यायिक निरूपण गरेका छौं । मेलमिलापमा वृद्धि हुँदै गएको छ ।’

महानगरको न्यायिक समितिमा निःशुल्क मेलमिलाप गर्ने कार्य थालनी गरेकाले न्यायको पहुँच सबैमा पुगेकाले मेलमिलापका मुद्दाहरू वृद्धि भएको बताइन । उनले विगतमा मेलमिलापको लागि पैसा लाग्ने भएकाले न्याय पाउने शंका भएकाले मेलमिलाप भन्दा पनि अदालत जाने गरेपनि पछिल्लो समय न्यायिक समितिबाट मेलमिलाप हुने गरेको बताइन । 

भ्युटावर भत्काउन बालेनलाई साथ

उपमेयर डङ्गोल काठमाडौँ भ्यूटावर भत्काउनुपर्ने पक्षमा देखिएकी छन् । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको विषय थप पेचिलो बन्दै गएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहले टावर भत्काइदिने योजना बनाएको सुनिएको छ । 

मेयर बालेन्द्रले भ्यूटावर भत्काउने योजना बनाउँदै गर्दा उपमेयर पनि भत्काउने पक्षमा देखिएकी छन् । उपमेयर डंगोलले काठमाडौँ भ्यूटावर औचित्यहीन रहेको बताएकी छन् । 
बालेनसँग भिड्दै 

काठमाडौँ महानगरपालिकामा मेयर र उपमेयर निर्वाचित भएको तीन वर्ष पूरा भएको छ । तीन वर्षसम्म मेयर शाह चर्चामा रहिरहे । 

उनका कतिपय काम विवादित पनि भए । उनका अभिव्यक्तिप्रति आलोचनासमेत भए । तर केही काममा भने उनको चौतर्फी तारिफ भयो । तर उपमेयर डङ्गोल भने तीन वर्षसम्म मेयर साहलाई मौन समर्थन गर्दै आइरहिन् । 

फोहोर व्यवस्थापनका विषयमा होस् वा सुकुमबासी, फुटपाथ, घर टहरा भत्काउनेलगायत हुन् । मेयरलाई उपमेयरबाट समर्थन नै रह्यो । विगतमा काठमाडौँ महानगरमा मेयर र उपमेयरबीच सधैँ विवाद हुने देखिए पनि शाह र डंगोलबिच भने खासै टकराब उत्पन्न भएन । 
यसअघिका मेयर विद्यासुन्दर शाक्य र हरिप्रभा खड्कीबिच लामो समय विवाद चलेको थियो । 

मेयर शाहका अभिव्यक्तिमा सरल भाषामा नम्र शैलीमा उपमेयर डङ्गोल प्रस्तुत हुने गरेकी थिइन् । २०८० भदौ १६ गते राति बालेनले फेसबुकमा स्टाटसमार्फत सिंहदरबार जलाउने दिएको धम्कीका विषय र महानगरसभामा नगर सदस्यले महानगर जलाउने दिएको अभिव्यक्तिलाई डंगोलले नम्र शैलीमा जवाफ दिएकी थिइन् । १५ औँ नगरसभाको तेस्रो बैठकमा डंगोलले दुवै पक्ष गलत भएको बताइकी थिइन् ।

मेयरले गरेका काम र निर्णयको मौन समर्थन र वडाध्यक्षबिचको विवाद मिलाउन मध्यस्थकर्ताको भूमिका खेल्दै आएकी उपमेयर डंगोलले पछिल्लो समय भने मेयरको खुलेर विरोध जनाएकी छिन् । 

पछिल्लो समय उपमेयर डंगोलले कार्यपालिका बैठकमा होस् या सार्वजनिक मञ्चमा, मेयरप्रति रोष प्रकट गर्न थालेकी छन् । 

मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच भएका विवादमा उनले प्रमुख प्रशासकीय अधिकृतलाई साथ दिएकी थिइन् । 

वैशाख ११ गतेको एमालेको यूथ सेलिब्रेसनमा पनि डंगोलले मेयर शाहविरुद्ध अभिव्यक्ति दिएकी थिइन् । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement