फागुन २१, काठमाडौं । सगरमाथा संवाद अगामी जेठमा हुँदै छ । जेठ २–४ गतेसम्म विश्वका कैयौँ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित विषय विज्ञ र अनुसन्धानदातालाई बोलाएर काठमाडौँमा संवाद आयोजना गर्ने सरकारको तयारी छ ।
संवाद कार्यक्रमका भारत, चीन तथा दक्षिण एसियाली देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी परराष्ट्रमन्त्रालयले गरेको छ । त्यसका लागि पहिलो निम्तो भारतीय प्रधानमन्त्री मोदीलाई दिन लागिएको हो ।
त्यसअघि अप्रिल २–४ सम्म थाइल्यान्डमा हुने विमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओली बिच साइडलाइन वार्ताको लागि पनि प्रयास भइरहेको छ ।