Advertisement
Advertisement
Advertisement
Advertisement

तिलोत्तमाका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे

  |      10:50:00   |  
तिलोत्तमाका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे

माघ ३० काठमाडौं । तिलोत्तमा नगरपालिकाले नगरभित्रका गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स(रे सेवा शुरु गरेको छ ।

नगरपालिकाको वडा नंं ६ स्थित आनन्दवन स्वास्थ्य चौकी र वडा नं १०को सेमराबजार स्वास्थ्य चौकीबाट नगरका १७ वटै वडाका गर्भवतीलाई निःशुल्क भिडियो एक्स-रे सेवा दिन सुरु गरेको हो ।
आनन्द वन स्वास्थ्य चौकीमा एक समारोहबीच नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरदेवी चौधरीले निःशुल्क भिडियो एक्स-रे सेवाको उद्घाटन गरे ।

नगर प्रमुख खाणले निःशुल्क भिडियो एक्स-रे सेवाले विशेषगरी आर्थिक रुपमा विपन्न परिवारका गर्भवतीलाई राहत मिल्ने बताए । नगरलाई लैंगिकमैत्री बनाउने गरी अघि बढेको सन्दर्भमा निस्शुल्क भिडियो एक्सरे सेवाले थप टेवा पुग्ने उनले बताए ।
उपप्रमुख चौधरीले रकम अभावमा विपन्न परिवारका गर्भवतीले भिडियो एक्स(रे नै नगरी बच्चा जन्माउने गर्दा आमा र बच्चाको स्वास्थ्य जोखिममा परेकोमा अब जोखिम कम हुने बताइन् ।

तिलोत्तमा-६ का वडाध्यक्ष गणेश पाठकले आफ्नै पहलमा दुई वर्ष अघिबाटै सशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको र अहिले संघीय स्वास्थ्य मन्त्रालयबाट १७ लाख रुपैयाँ मूल्यको पोर्टेबल अत्याधुनिक मेशिन प्राप्त भएपछि निःशुल्क भिडियो एक्सरे सेवा समावेश गरेको बताए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गर्भवती महिलाले ४ पटक भिडियो एक्सरे गरी आमा र बच्चाको स्वास्थ्य अवस्था जानकारी लिनुपर्ने भएकाले यो सेवाले बाल तथा मातृ मृत्यु दर कम हुने बताए । भिडियो एक्सरे गर्ने मेशिन पोर्टेबल भएकाले १७ वटै वडामा घुम्ती शिविर चलाएर समेत गर्भवतीलाई सेवा दिने तयारी रहेको बताए ।

लुम्बिनी प्रदेशमा प्रति एक लाख जना गर्भवतीमा २०७ जना आमाको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।

स्वास्थ्य चौकीका इन्चार्ज रामप्रसाद चुदालीले देवदह मेडिकल कलेजकी रेडियोलोजिस्ट सुम्निमा आचार्यले गर्भवतीको भिडियो एक्सरे गर्ने गरी करार सम्झौता गरिएको बताए ।

गर्भवती वाहेकका नगरवासीले एकपटकको ६५० रुपैयाँ तिरेर भिडियो एक्सरे सेवा लिन सक्ने चुदालीले जानकारी दिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement