Advertisement
Advertisement
Advertisement
Advertisement

‘ललितपुरबाट अपहरण परेका बालकलाई पञ्जाब लाने तयारी थियो’

  |      13:04:00   |  
‘ललितपुरबाट अपहरण परेका बालकलाई पञ्जाब लाने तयारी थियो’

माघ २७ काठमाडौं । ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । कलंकीको होटलबाट उद्धार गरिएका बालकलाई पञ्जाल लैजाने तयारी रहेको खुलेको छ ।

अपहरण आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान गर्दा उक्त विषय खुलेको एक अनुसन्धान अधिकृतले बताए । त्यसका लागि बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत पाइएको प्रहरीको भनाइ छ ।
ललितपुर महानगरपालिका-१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरणमा परेका थिए । राति ८ बजेर २० मिनेट जाँदा ती बालकलाई हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको थियो ।

अपहरण आरोपमा पक्राउ परेका २३ वर्षीय नागरिक भियतनामको चाइवाङ सिटीका उनी २७ डिसेम्बर २०२३ मा नेपाल आएको प्रहरीको भनाइ छ । ११ दिन नेपाल बसेपछि उनी भारतको नयाँ दिल्ली गएका थिए । २७ अप्रिल २०२४ मा भारतको पञ्जाबबाट सडकमार्ग हुँदै पुन नेपाल आएर बसोबास गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो ।

भारतबाट नेपाल आएपछि उनी स्वयम्भूस्थित एक होटलमा दुई महिनासम्म बसेका थिए । ठमेलेस्थित एक होटलमा एक हप्ता बसे । ठमेलको होटलमा एक हप्ता बसेपछि उनी बानेश्वरस्थित कात्यानी चोकमा रहेको ग्राण्ड अल्फ्रेन्सको ब्वाइज होस्टलबा बसेको एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए ।

काठमाडौंमा ठाउँ फेरि फेरि बसेका उनी स्वयम्भू, बौद्ध, कपन लगायत गुम्बाहरुमा लामा भासा सिक्न भन्दै जाने समेत गरेका थिए । घुमफिरमा भने उनी अक्सर ललितपुरको पाटन दरबार स्क्वायर जाने गरेको पाइएको छ ।

२५ माघको बिहान साढे १० बजेतिर काठमाडौंबाट वीरगञ्ज जाने ‘न्यू साजन एसी सोफा विथ स्लीपर कोच’ नामको ६८१८ नम्बबरको बसको सिटी ‘बी’ को ३ र ४ नम्बरको टिकटसमेत उनले बुकिङ गरेका थिए । बस चढेर वीरगञ्ज जान भन्दै उनी इलाम मेची गेस्ट हाउसको १०७ नम्बर कोठामा बसेका थिए ।

प्राविधिक अनुसन्धानबाट उक्त कुरा पत्ता लगाएर प्रहरीले गेस्टहाउसमा छापा मारेर बालकलाई उद्धार गर्नुका साथै भियतनामी नागरिकलाई पक्राउ गरेको हो । उद्धार गरिएका बालकलाई पाटन अस्पतालमा उपचार गराई अवस्था सामान्य रहेको खुलेपछि परिवारको जिम्मा लगाइएको छ ।

यता पक्राउ परेका भियतनामी नागरिकले भने बालकलाई वीरगञ्ज हुँदै पञ्जाबसम्म लैजान लागेको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।

घुमफिर गर्ने क्रममा गत डिसेम्बर २५ मा क्रिसमस मनाउने क्रममा पाटनको कृष्ण मन्दिरमा हाल अपहरणमा परेका बच्चाको दाइसँग भेट भई भियतनामी नागरिकले कुराकानी गरेको प्रहरी अधिकारीको भनाइ छ । त्यसपछि चिप्स, चकलेटहरु खरिद गरेर बच्चाहरुलाई दिइ आफूतर्फ आकर्षित गरेको प्रहरीको भनाइ छ ।

अपहरण गरेपछि ती बालकलाई उनले ट्याक्सीमा चढाई लगेको कलंकी लगेको पाइएको छ । पाटन कृष्ण मन्दिरबाट इनड्राइभमाफृत ट्याक्सी बुक गरेर झम्सीखेलसम्म पुगेको र त्यहाँबाट अर्को ट्याक्सी लिएर सुन्धारा गएर श्री गुरु होटलमा बसेको देखिएको छ’, एक अनुसन्धान अधिकृलते भने । त्यहाँबाट उनी कलंकी पुगेका थिए ।

पक्राउ परेका भियतनामी नागरिकबाट प्रहरीले चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन थान मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement