Advertisement
Advertisement
Advertisement
Advertisement

दर्ताबिनाको मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया, २० दिनसम्म आएन होस

  |      13:26:00   |  
दर्ताबिनाको मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया, २० दिनसम्म आएन होस

माघ २५ काठमाडौं । जनकपुरधाम–१४ पिडारीचोकमा बिनादर्ता सञ्चालित मुस्कान अस्पतालमा शल्यक्रिया गरिएको एक बिरामीको २० दिनसम्म पनि होस आएको छैन ।

पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्दा सर्लाहीको हरिपुर्वा नगरपालिका ५ का अंगेश यादवकी २५ वर्षीया श्रीमती बबिता यादव गम्भीर अवस्थामा पुगेकी हुन् ।
बुबा ब्रह्मदेव यादवका अनुसार माघ ३ गते बबिताको मुस्कान अस्पतालमा डा। ज्ञानकुमार साह नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । त्यसयता उनी होसमा नआएको बुबा ब्रह्मदेवको भनाइ छ ।

शल्यक्रिया पश्चात बबितालाई भेन्टिलेटरमा राखिएको थियो । कुनै सुधार नआएपछि सिटीस्क्यान गराउन अस्पतालले बाहिर पठाएको थियो । सिटीस्क्यान गराएर आइसकेपछि अस्पतालले उनलाई स्नायू सम्बन्धी समस्या रहेको भन्दै अन्तै उपचार गराउन भन्यो ।
त्यसपछि माघ ६ गते उनलाई जनकपुरको जानकी हेल्थकेयरमा लगेर भेन्टिलेटरमा राखियो । तर, त्यहाँ पनि अहिलेसम्म बबिताको होस आएको छैन ।

अहिले जानकी हेल्थकेयरका चिकित्सकले पनि बबितालाई अरु नै अस्पतालमा लैजान भनिरहेका छन् । तर आर्थिक समस्याले बाहिर लैजान परिवारका सदस्यहरुले सकेका छैनन् । ‘अस्पताल पक्षले बाहिर उपचारको लागि लग्न पटकपटक भन्दा पनि आर्थिक कारण देखाउँदै घरपरिवारले लग्न मानेका छैनन्,’ जानकी हेल्थकेयरका इञ्चार्ज हरिचन्द्र यादव भन्छन् ।

शल्यक्रियामा लापरबाही गरेको आरोप

बबिताका बुवा बह्मदेव शल्यक्रियाको क्रममा डाक्टरले लापरबाही गरेकाले छोरी गम्भीर अवस्थामा पुगेको दाबी गर्छन् । उनले अस्पताल र डाक्टरहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा, नेपाल मेडिकल काउन्सिल लगायतमा उजुरी दिएका छन् ।

‘अप्रेसनमै भएको चरम लापरवाहीले छोरीको होस आएको छैन,’ ब्रह्मदेव भन्छन्, ‘लापरवाही गर्ने डाक्टर र ललाइफकाइ अप्रेसन गर्न मुस्कान अस्पताल पठाउने सुशिलकुमार यादवलाई कारबाही हुनुपर्ने र छोरीको जीवनरक्षा गर्नुपर्ने मेरो माग छ ।’

ब्रह्मदेवका अनुसार छोरी बबितालाई पेट दुःख्ने गरेपछि सुरुमा जनकपुरको सूर्या अल्ट्रासाउन्डमा जँचाउन गएकी थिइन् । अल्ट्रासाउन्डमा काम गर्ने सुशीलकुमार यादवले पित्तथैलीमा पत्थरी देखिएकाले अप्रेसन गर्नुपर्ने भन्दै मुस्कान अस्पतालमा पठाएको ब्रह्मदेवको भनाइ छ ।

‘अस्पतालले आफूसँग सुविधा नभएको र आफूले उपचार गर्न नसक्ने बिरामीलाई सुरुमै भर्ना नलिनुपर्नेमा सोको विपरीत निजले लापरवाहीपूर्ण तवरबाट बिरामीको उपचार गरी बिरामीलाई असहज अवस्थामा पु¥याइदिएकोले अन्यायमा परी यो निवेदन पेश गर्न आएको छु’, उनले दिएको उजुरीको व्यहोरामा लेखिएको छ ।

डाक्टर भन्छन्– लापरबाही भएको छैन

शल्यक्रियामा संलग्न डा। ज्ञानकुमार साहले लापरबाही नगरेको र छारेरोगले च्यापेपछि बबिता जटिल अवस्थामा पुगेको दाबी गरेका छन् । ‘उपचारमा कुनै लापरबाही भएको छैन । अप्रेसनपछि बिरामी होसमा आउनु भएको थियो ।  तर छारेरोगले च्यापेपछि बेहोस् अवस्थामा पुग्नुभयो’, डा। साहले अनलाइनखबरसँग भने, ‘बिरामीलाई पहिलेदेखि छारे रोग छ भन्ने कुरा परिवारजनले लुकायो ।’

न्यूरो सम्बन्धी समस्या रहेकाले स्नायु सम्बन्धी उपचार हुने ठाउँमा लैजान सल्लाह दिएकोमा परिवारका सदस्यले सिटी स्क्यानका लागि लगेको र त्यतैबाट जानकी हेल्थकेयरमा भर्ना गरेको उनको दावी छ ।

यता बबिताका सुसुरा पर्ने वीरेन्द्र अधिकारी उपचारमा भएको लापरबाही ढाकछोप गर्न छारे रोग रहेको भनेर झुठो कुरा गरेको दाबी गरेका छन् ।

‘बिरामीलाई छारे रोग छैन । अपरेसनमा गरेको चरम लापरवाही ढाकछोप गर्न डाक्टर र अस्पतालले छारेरोग रहेको झुटो दाबी गरिरहेका छन् । बबिताको गाउँमै बिहे भएको छ । सबै कुरा बुझेर मात्र गाउँमा बिहे हुन्छ । यो घटनाको छानबिन होस् । सत्यतथ्य सबै बाहिर आउँछ’, उनले भने ।

अधिकारीले सुरुमै जानकी हेल्थकेयरले बाहिर लग्न सल्लाह दिए पनि भेन्टिलेटर सहितको गाडी र पैसा नहुँदा बाहिर लग्न नसकिएको बताए । बबिताका दुई र चार वर्षीय छोराहरु छन् ।

भेटिएन अस्पतालको दर्ता रेकर्ड

बबिताको शल्यक्रिया भएको मुस्कान अस्पताल एक महिना अघि सञ्चालनमा आएको थियो । अस्पतालको अवस्था बुझ्न बिहीबार दिउँसो २स्५० बजे पुग्दा त्यहाँ एकजना पनि चिकित्सक थिएनन् ।

इमरजेन्सी कक्षमा तीनजना बिरामी र एकजना स्वास्थ्यकर्मी मात्र थिए । मो।अफराज सदाम नामका कर्मचारी काउन्टरमा थिए । उनले आफूलाई कुनै कुराको जानकारी नरहेको बताए ।

बोर्डमा रहेको नम्बरमा फोन गर्दा अस्पतालका सल्लाहकार बताउने कमल राइनले फोन उठाए । उनले २५ बेडको मुस्कान अस्पताल जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भएको दावी गरे । तर उपहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय साहले यहाँ मुस्कान अस्पताल दर्ता नरहेको र दर्ता प्रक्रियामासमेत नआएको बताए ।

सैयद अलि सञ्चालक रहेको भनिएको यो अस्पताल मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत दर्ता भएको रेकर्ड छैन ।

जनकपुरमा दर्ताविना हस्पिटल खोलेर मनपरी शुल्क असुल्ने र उपचारको नाममा बिरामीको ज्यानसँग खेलबाड गर्ने गरेको गुनासो सुनिन्छ तर नियामक निकाय मुकदर्शक बनेको आरोप लाग्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले यो घटनालाई संवेदनशील रुपमा लिएको बताए । यस विषयमा दुईपक्षबीच दुईदिन छलफल समेत भएको तर निष्कर्ष ननिस्किएको उनले बताए ।

उनका अनुसार प्रहरीले बबिताको उपचारलाई पहिलो प्राथमिकता दिन र पछि बिरामीका आफन्तका माग, अस्पतालको वैधानिकता लगायतका विषयमा प्रवेश गर्न भनेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement